दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल रामेछापमा शुरु

रामेछाप – दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता बुधबार देखि रामेछापको मन्थलीमा शुरु भएको छ । ६ दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा विभिन्न २० जिल्लाका २२ वटा टिमले सहभागिता रहेको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेशचन्द्र जंग गहतराजले बुधबार मन्थलीमा उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा मन्त्री गहतराजले माझीहरुले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई बचाई राख्नका लागि गरेको कार्य उल्लेखनिय भन्दै समुदायको वृहत्तर विकासका लागि अघी सारेका योजनाहरुमा नेपाल सरकारले सक्दो सहयोग गर्ने वताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रको विकास र पहिचान बढाउनका लागि माझी समुदायको योगदान रहनेमा विश्वास व्यक्त गरे । माझी उत्थान संघ रामेछापले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटनको क्रममा पूर्व गृहराज्य मन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ र मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले खेल क्षेत्रको विकासले समाजमा अनुसाशन कायम हुने र प्रतिभालाई प्रोत्साहित गर्न सहयोग पुग्ने धारणा राखेका थिए । २०७६ साल देखि माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आरम्भ गरीएको थियो । मकवानपुर जिल्लामा संचालन भएको पहिलो प्रतियोगितामा रामेछाप जिल्ला माझी उत्थान संघ विजयी भएको थियो ।

क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस