दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल रामेछापमा शुरु
रामेछाप – दोश्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता बुधबार देखि रामेछापको मन्थलीमा शुरु भएको छ । ६ दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा विभिन्न २० जिल्लाका २२ वटा टिमले सहभागिता रहेको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेशचन्द्र जंग गहतराजले बुधबार मन्थलीमा उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा मन्त्री गहतराजले माझीहरुले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई बचाई राख्नका लागि गरेको कार्य उल्लेखनिय भन्दै समुदायको वृहत्तर विकासका लागि अघी सारेका योजनाहरुमा नेपाल सरकारले सक्दो सहयोग गर्ने वताए । उनले खेलकुदको माध्यमबाट राष्ट्रको विकास र पहिचान बढाउनका लागि माझी समुदायको योगदान रहनेमा विश्वास व्यक्त गरे । माझी उत्थान संघ रामेछापले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटनको क्रममा पूर्व गृहराज्य मन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठ र मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले खेल क्षेत्रको विकासले समाजमा अनुसाशन कायम हुने र प्रतिभालाई प्रोत्साहित गर्न सहयोग पुग्ने धारणा राखेका थिए । २०७६ साल देखि माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आरम्भ गरीएको थियो । मकवानपुर जिल्लामा संचालन भएको पहिलो प्रतियोगितामा रामेछाप जिल्ला माझी उत्थान संघ विजयी भएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस