रामेछापकाे रामपुर स्थित सुनकोसी नदिमा डुबेर भिमफेदीका एक पुरुषकाे मृत्यु

रामेछाप – रामेछाप नगरपालिका ५ रामपुर स्थित सुनकाेशी नदिमा डुबेर भिमफेदिका एक पुरुषकाे मृत्यु भएकाे छ । रामपुर गाेलन्जाेर स्थित निर्माणाधीन पुलमा कार्यरत अन्दाजी ५२ वर्षिय बलबहादुर लामाकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामपुर गाेलन्जाेर स्थित निर्माणाधीन पुलमा कार्यरत मकवानपुर जिल्लाकाे भिमफेदी ५ अकाेटे घर भएका लामाकाे नदिमा डुबेर मृत्यु भएकाे हाे । लामा साेमबार साँझ काम सकेर बस्ने ठाउँ तर्फ गएका थिए । उनी बस्ने ठाउँमा एक्लै गएकाे र नदिमा डुब्दा कसैले थाहा नपाएका कारण मृत्यु भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ ।
घटनाका विषय थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस