रामेछापकाे रामपुर स्थित सुनकोसी नदिमा डुबेर भिमफेदीका एक पुरुषकाे मृत्यु
रामेछाप – रामेछाप नगरपालिका ५ रामपुर स्थित सुनकाेशी नदिमा डुबेर भिमफेदिका एक पुरुषकाे मृत्यु भएकाे छ । रामपुर गाेलन्जाेर स्थित निर्माणाधीन पुलमा कार्यरत अन्दाजी ५२ वर्षिय बलबहादुर लामाकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामपुर गाेलन्जाेर स्थित निर्माणाधीन पुलमा कार्यरत मकवानपुर जिल्लाकाे भिमफेदी ५ अकाेटे घर भएका लामाकाे नदिमा डुबेर मृत्यु भएकाे हाे । लामा साेमबार साँझ काम सकेर बस्ने ठाउँ तर्फ गएका थिए । उनी बस्ने ठाउँमा एक्लै गएकाे र नदिमा डुब्दा कसैले थाहा नपाएका कारण मृत्यु भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ ।
घटनाका विषय थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस