सदस्यता विवाद टुंगाएर मात्र महासंघकाे अधिवेशन गर्न प्रेस युनियनकाे माग
काठमाडौ – नेपाल प्रेस युनियनले पत्रकार महासंघको सदस्यता विवाद टुङ्गयार मात्र अधिवेशन गर्न माग गरेकाे छ । युनियनले पत्रकार महासंघलाई बिहीबार ध्यानाकर्षण पत्र मार्फत माग राखेकाे हाे ।
प्रेस युनियनले नेपालले पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई बिहीवार ध्यानाकर्षण पत्र बुझाउँदै सदस्यताको नामावली फाइनल गरेर मात्र जिल्ला, प्रतिष्ठान, एसोसिएट, प्रदेश र केन्द्रको अधिवेशनको कार्यतालिका अघि बढाउन आग्रह गरेको हो ।
नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलद्वारा हस्ताक्षर गरिएकाे पत्र महासंघका अध्यक्ष पोखरेललाई बुझाउदै महासंघले यसअघि बढाएको सदस्यता शुद्धीकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग रहेको बताउँदै पत्रकार महासंघको विधानलाई पनि स्मरण गराएको छ ।
मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठकले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र सबै तहका अधिवेशन गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौं संशोधन २०७५) को धारा ५ को उपधारा ८मा भएको सदस्यता प्राप्त गर्ने कार्यविधि अनुसार ‘नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य गर्न समेत स्मरण गराउन गराएको हो ।
महासंघले सबै तहका अधिवेशनको मिति तय गर्दा विधानमा भएको व्यवस्थालाई ध्यान नदिएको युनियनले जनाएको छ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने समेत चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले युनियनले दिएकाे पत्र बुझ्दै युनियनले उठाएको विषयमा आँफू गम्भीर रहेको बताए । पोखरेलले पत्रकार पेशागत सम्बद्ध संस्थाहरुसँग छलफल गरेर अघि बढ्ने बताए । कार्यक्रममा नेपाल प्रेस युयिननका उपाध्यक्ष नकुल अर्यालले सदस्यता नटुंग्याई अधिवेशन गर्ने प्रयत्न नगर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन युनियनका सचिव केदार दाहालले गरेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस