नेपाल निर्माण उद्योग परिषद रामेछापकाे संयाेजकमा थापामगर

रामेछाप – नेपाल निर्माण उद्योग परिषद रामेछापकाे तदर्थ समन्वय कमिटीकाे संयाेजकमा कृष्ण थापामगर चयन भएका छन् । केन्द्रीय समितिले मंगलबार थापामगरकाे संयाेजकत्वमा ७ सदस्यीय कमिटी मनाेनित गरेकाे हाे।
नेकपा एमाले निकट घटक संस्था नेपाल उद्योग परिषदकाे रामेछाप जिल्ला समन्वय कमिटीमा थापामगरकाे संयाेजकत्वमा ७ सदस्यीय कमिटी मनाेनित भएका छन् । उक्त कमिटीकाे सदस्यहरुमा कर्ण बहादुर तामाङ ,पर्वत कुमार वि.क, फत्त बहादुर बस्नेत , हरि माझी ,रामबाबु घिमिरे र साजन शिवाकोटी रहेका छन् ।
तदर्थ कमिटीलाइ यहि असाेज १५ गते भित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारी दिईएकाे छ । उक्त विषयमा जिल्ला समन्वय कमिटीकाे संयाेजककाे जिम्मेवारी पाएका थापामगरले दिइएको जिम्मेवारीलाई ताेकिएकाे समायावधि भित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेछन् ।
अधिवेशनका लागि रामेछाप जिल्ला ईन्चार्ज बलराम श्रेष्ठ र बागमती प्रदेश संयाेजक पुस्कल न्याैपानेलाई समेत केन्द्रीय कमिटीले आवस्यक सहयाेग गर्न अनुराेध गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस