वन महासंघकाे सल्लाहकारमा कार्की सहित ७ जना मनोनित

रामेछाप – रामेछाप सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले नारायण कार्कीको संयोजनमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघ रामेछापको २० गते मन्थलीमा बसेकाे बैंठकले सदस्यहरु मनाेनित गरेर समिति गठन गरेकाे हाे ।
महासंघकाे सल्लाहकार सदस्यहरुमा ढालविक्रम कार्की, इन्द्रावती मोक्तान, रत्न प्रसाद कँडेल, धिरबहादुर थापा (रविन), निर्मला श्रेष्ठ र बद्री नयाँघरे रहेकाछन् । मनोनित सदस्यहरु यसअघि महासंघकाे विभिन्न संरचनामा रहेर कार्य गरिसकाे र सामुदायिक वन अभियन्ता रहेकाे जिल्ला महासंघका सचिव गंगा कार्कीले जानकारी दिएकी छिन् ।
सचिव कार्कीका अनुसार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको बैठकले महासंघको केन्दीय कार्यसमितिमा जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्य दुर्गा बहादुर श्रेष्ठ र हर्कमाया माझी तथा बागमती प्रदेश महासंघको अधिवेशनबाट प्रदेश महासचिवमा निर्वाचित दिपशिखा दाहाल, सदस्यहरु मिना ढुंगेल, श्यामकुमार कार्की र सरोज फुयाललाई बधाई तथा शुभकामना सहित सम्मान पत्र प्रदान गरेकाे छ ।
बैठकमा रामेछाप सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा बसेको थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस