२० वर्षदेखि फरार अभियुक्त पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । सुनापती ४ भञ्ज्याङटार चौँरी खोलाका अन्दाजी ४६ वर्षीय ‘बाङ्गे आले च्याङ्वा’ भन्ने बिरास लाल तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेकाे हाे ।
२० वर्षदेखि फरार अभियुक्तकाे सूचीमा रहेका तामाङलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र बेथान प्रहरी चाैकीबाट खटेको प्रहरी टोलीले उनकै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएका छन् ।
२०६० साल कात्तिक ४ गते साँझ ६ बजे सोहि स्थान वस्ने यज्ञबहादुर घिमिरेको छोरा अन्दाजी २७ वर्षीय रामशरण घिमिरे खत्रीलाई कुटपिट गरि माेरर सुनकोशि नदिमा फालेर फरार भएका तामाङलाई प्रहरीले पक्राउ हाे । पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरि न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- २ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ३ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ४ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ५ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ६ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ७ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ८ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते















प्रतिक्रिया दिनुहोस