२० वर्षदेखि फरार अभियुक्त पक्राउ

रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । सुनापती ४ भञ्ज्याङटार चौँरी खोलाका अन्दाजी ४६ वर्षीय ‘बाङ्गे आले च्याङ्वा’ भन्ने बिरास लाल तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेकाे हाे ।
२० वर्षदेखि फरार अभियुक्तकाे सूचीमा रहेका तामाङलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र बेथान प्रहरी चाैकीबाट खटेको प्रहरी टोलीले उनकै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएका छन् ।
२०६० साल कात्तिक ४ गते साँझ ६ बजे सोहि स्थान वस्ने यज्ञबहादुर घिमिरेको छोरा अन्दाजी २७ वर्षीय रामशरण घिमिरे खत्रीलाई कुटपिट गरि माेरर सुनकोशि नदिमा फालेर फरार भएका तामाङलाई प्रहरीले पक्राउ हाे । पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरि न्यायिक हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस