काैछिनीमा भएकाे बाेलेराे दुर्घटनामा चालक सहित ५ काे मृत्यु

रामेछाप – मन्थली नगरपालिका ७ काैछिनीमा भएकाे बलेराे दुर्घटनामा चालक सहित ५ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।
बिहिवार साझ ५:३० बजेकाे समयमा मन्थली बाट काैछिनि जाँदै गरेकाे बा ११ च ५५३ नम्बरको डबलक्याप बाेलेराे सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे । दुर्घटना परि मृत्यु हुनेहरुमा मन्थली ७ कौछिनीका ८२ बर्षकी नन्द्माया भण्डारी ,६८ बर्षिय जेशुङ तामाङ, ४० बर्षकी ज्यान रानी तामाङ,सुनापति १ गुन्सीकाे ८ बर्षकी लाक्पा घिसिङकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम पराजुलीले जानकारी दिएका छन । त्यसैगरि घाइतेहरुकाे उद्वार गरि उपचार गराउने क्रममा चालक मन्थली ७ का ५० बर्षका दल बहादुरकाे मृत्यु भएकाे प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
दुर्घटना परि घाइते भएकामध्ये ३ जनाकाे अवस्था गम्भीर रहकाे छ । गम्भीर घाइतेहरुकाे मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौ पठाएकाे छ । थप उपचारका लागि पठाइएकाे घाइतेहरुमा
मन्थली ६ कि ३५ बर्षिय की बिमला गोले , ११ बर्षिय ओजेस्टी लामा र ५ बर्षकी सम्भावी लामा रहेका छन् ।
त्यस्तै मन्थली ७ कौछिनीका ७० बर्षिय भक्त बहादुर लामा , ४४ बर्षिय बंद बहादुर बुढाथोकी, ६० बर्षकी मनमाया तामाङ, ४७ बर्षकी दुर्गामाया खड्का, २५ बर्षिय कमल गोले,३४ बर्षिय हरी बहादुर थोकर, गोकुलगंगा -५ रस्नालुका २७ बर्षिय निस्सा मग्राती, निजकै छोरी ३ बर्षकी निनिमा मग्रातीकाे मन्थलीमा नै उपचार भैरहेकाे प्रहरी प्रमुख पराजुलीले बताएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस