• काेसिस न्यूज
  • जनअपेक्षा अनूरुप सेवा प्रवाह हुन्छ : डिआइजी बज्राचार्य


    रामेछाप – बागमति प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले प्रहरीमा जनअपेक्षा अनुरुपको सेवा प्रवाह हुने बताएकी छन् । सोमबार जिल्ला प्रहरी कार्यालय रामेछापमा नवनिर्मित कार्यालय प्रमुख तथा सिनियर अफिसरको आवास भवन उद्घाटन गर्दै बज्राचार्यले यस्तो बताएकी हुन ।
     
    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बज्राचार्यले भौतिक पुर्वाधारको विकास भएसँगै प्रहरीको सेवा प्रवाहमा थप सहयोग पुग्ने बताएकि छिन् । बज्राचार्यले प्रहरीको सेवा नजअपेक्षा अनुरुप हुनेमा विस्वास समेत व्यक्त गरिन । भौतिक संरचनाकाे विकास सँगै आवश्यक फर्निचरको  व्यवस्था समेत गर्नुपर्ने आवस्यकता अाैल्याइन् । त्यसैगरी नेपाल प्रहरीले लामो समयसम्म कार्यालय भवन विनानै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेकाे भन्दै बज्राचार्यले भनिन – द्धन्द्धको समय र भुकम्पका कारण प्रहरीका भवनहरु ध्यस्त हुन पुगेपछि ,विभिन्न ठाँउमा कतै टेण्ट, कतै पाल, कतै टिन मुनि बसेर समेत प्रहरीले सेवा प्रवाह गर्न बाध्य भएकाे बताइन् । भौतिक विकास भएसँगै , सेवा प्रवाहमा सहजता आएकोमा उनीले खुसि व्यक्त गरिन् ।  त्यसैगरि प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने भएको र त्यसका लागि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाइ साथ दिन उनीले अनुरोध गरेकी छन ।

    कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहलाइ अझ परिस्कृत गर्देै शिघ्र सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     कार्यक्रमा भवन निर्माण समयमै सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनिका संचालक दिपक थापा लगाएत भवन निर्माणको कार्यलाइ विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्राविधिकहरु समेतलाइ कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशका प्रहरी प्रमुख किरण बज्राचार्यले प्रशंसापत्र प्रदान गरेकी थिइन् ।
     

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी , रामेछाप उद्योग वाणिज्य संघका  अध्यक्ष केशव प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले शुभकामना दिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा निर्मित भवन थापा निर्माण सेवा प्रा.ली रामेछापले संझौता गरेको १६ महिनामा ३ करोड,७ लाख, ५४ हजार लागतमा निर्माण सम्पन्न गरेको हो । नवनिर्मित भवनहरुमा कार्यालय प्रमुखको निवास २ तल्लाको रहेको छ जसमा ६ वटा कोठाहरु रहेका छन् भने सिनियर प्रहरी अधिकृतको निवास ३ तल्ला रहेको छ । जसमा महिलाको लागि छुट्टै एक कक्ष सहित ११ वटा कोठाहरु रहेकाे प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस