विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
रामेछाप – जिल्लाको मन्थली नगरपालिका–२ स्थित बाल ताम्राकौशी आधारभूत विद्यालयमा करिब ३६ वर्ष ५ महिना ५ दिन शिक्षण पेशामा समर्पित रहेका लेखबहादुर खत्री औपचारिक रूपमा सेवा निवृत्त भएका छन् ।
विद्यालय स्थापनाकालदेखि सेवा निवृत्त हुदासम्म एउटै विद्यालयमा ३६ वर्ष अध्यापन गरेका खत्री विहिबार ओैपचिरिक रुममा पेशाबाट अवकास लिएकम छन् । सेवाअबधि पूरा गरेर अनिवार्य अवकास पाएका खत्रीले विद्यालयमा अध्यापन मात्रै गराएनन् विद्यालयमा अनुशासन, संस्कार र मानवता पनि सिकाउदै अभिघावकीय भूमिका खेलेका थिए । सरल स्वभाव, स्नेही व्यवहार र फरक शिक्षण शैलीका कारण खत्री विद्यार्थीहरूबीच अत्यन्तै प्रिय शिक्षकका रूपमा परिचित थिए ।
विद्यालयले उनकाे योगदानको कदरस्वरुप फुलमाला, पञ्चेबाजा सहित विद्यालय परिवार, अभिभावक, विद्यार्थी , शिक्षक , स्थानीय तथा पूर्व विद्यार्थीहरूले बिहिवार सम्मानसहित विदाई कार्यक्रम गरेका थिए । कार्यक्रममा विद्यालय र समाजमा उनले पुर्याएको योगदान स्मरण गर्दै सहभागीहरू भावुक समेत बनेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले खत्रीले विद्यालय, विद्यार्थी र समाजप्रति पुर्याएको योगदानकाे स्मरण गर्दै कहिल्यै भुल्न नहुने बताए । अध्यक्ष कार्कीले शिक्षा र सामाजिक विकासमा खत्रीको भूमिका प्रेरणादायी र प्रसंसा याेग्य रहेको उल्लेख गरे ।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक खत्रीले आफ्नाे जीवनकाे उर्जावान उमेर ३६ वर्ष निरन्तर शिक्षाको उज्यालो बाल्नु भएका खत्रीप्रति उच्च सम्मान व्यक्त गर्दै सेवा निवृत्त जीवन स्वस्थ, शान्त र प्रेरणादायी रहोस् भन्ने कामना गरे । खत्री एक शिक्षक मात्र नभई समग्र गाउँ समाजका अभिभावकका रूपमा समेत भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै खत्री सधै विद्यालय र विद्यार्थीको चिन्ता गरिरहने शिक्षकका रूपमा स्मरण गरे ।
विदाई कार्यक्रमपछि स्थानीय अभिभावक तथा विद्यार्थीहरू बाजागाजासहित खत्रीलाई घरसम्म पुर्याउँन गएका थिए ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस