प्रबिधि मैत्री हुन नसक्नु शिक्षा क्षेत्रको प्रमुख चुनौती
रामेछाप – अहिले तिव्र गतिमा बढ्दै गएको प्रविधिको बिकास संगसंगै शिक्षकहरुले आफुलाई प्रबिधि मैत्री बनाउन नसक्नु अहिलेको शिक्षा क्षेत्रको प्रमुख चुनौति भएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्ला सदरमुकाम मन्थलीमा आयोजित प्रिन्सीपल एसोसिएसन अफ नेपाल ( पान ) ले आयोजना गरेको शैक्षिक भेलाका सरोकारवाला सहभागिहरुले अबको युग प्रबिधिको युग भएकाले सवै शिक्षकहरु प्रबिधि मैत्री हुनुको बिकल्प नभएको बताएका हुन् । प्रबिधिलाई पछ्याउन नसक्नेलाई समयले नै पछाडि छाड्ने भएकाले अब युग सुहाउँदो शिक्षाका लागि सवै शिक्षकहरु प्रबिधि मैत्री हुनु पर्ने भेलाका सहभागिहरुको जोड थियो ।
जिल्लाको समग्र शैक्षिक अबस्थाको प्रस्तुती गर्दै सिद्धेश्वर माबि गैराथोकका प्रअ गणेश श्रेष्ठले थुप्रै समस्याको बिचबाट अगाडि बढेको रामेछापको पछिल्लो शैक्षिक अबस्थामा सुधार हुदै गएको भएपनि प्रबिधिको बिष्पोटक बिकासले चुनौतिको पहाड ठडिएको बताउनु भयो ।
स्थानीय सरकार, बिद्यालय व्यबस्थापन समिति, शिक्षा समन्वय इकाइ, प्रधानाध्यापक लगायतका सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र गजुरेल, मन्थली माबि बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठ र पानका केन्द्रिय सदस्य डा. टंकप्रसाद दाहालले कार्यक्रममा रामेछापको शिक्षाको अहिलेको अबस्था र सुधार गर्नु पर्ने पक्षमा आ आफ्नो प्रस्तुती गर्नु भएको थियो ।
पान रामेछापका अध्यक्ष शंकर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार हिमाल ढुंगेलले छलफलको सारांश सहितको जिल्लाको शैक्षिक अबस्था र सुधार गर्नुपर्ने कुरा सहितको टिप्पणी गर्नु भएको थियो ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस