भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
रामेछाप- भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा गर्नुभएकाे हाे ।
घाेषणा कार्यक्रममा बोल्नु हुँदै मख्यमन्त्री बानियाँले बालमैत्री पालिका घोषणा ठुलो उपलब्धि हो । यसको दिगोपनामा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । प्रदेश सरकार यसको दिगोपनामा सहयोग गर्न तयार रहेकाे बताउनु भयाे ।
घोषणा सभामा नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धि समेटिएको प्रतिवेदन सार्वजनिक गर्नभयो । करिब चार वर्षको प्रयासपछि नगरपालिका बालविवाहमुक्त, बालश्रममुक्त र बालमैत्री बालमैत्री स्थानीय सुशासनयुक्त नगर बन्न सफल भएको उहाँको भनाई छ । रामेछाप नगरपालिकामा १८ वर्षमुनिका १० हजार २४१ बालबालिका रहेको उहाँले बाताउनुभयो ।
नगरपालिकाका ९ वटै वडा जेठ २७ गते बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा भइसकेका थिए । घोषणा सभामा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे र प्रदेश सांसद तारानारायण श्रेष्ठले बालमैत्री पालिका घोषणा ठुलो उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनामा सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बालबालिकाले सचेतनामूलक नाटक र सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । नगर घोषणा भएसँगै बालबालिकामैत्री नीति, योजना तथा संरचनाहरू थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने अपेक्षा गरिएको छ । जिल्लाको मन्थली नगरपालिका यसअघि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भैसकेको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस