दाेरम्बाबाट शव लिएर काठमाडौ जाँदै गरेकाे एम्बुलेन्स सित्खामा दुर्घटना ३ घाईते
रामेछाप – दाेरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेकाे एम्बुलेन्स खाडादेवी ३ सित्खामा दुर्घटना भएकाे छ ।
बिहीबार बिहान १०:४० बजेकाे समयमा दाेरम्बाबाट शव लिएर काठमाडौं तरेफ जाँदै गरेकाे प्र ३- ०१-००२ झ ५८०३ नम्बरको एम्वुलेन्स खाँडादेवी ३ चारघरे स्थित सित्खा गोगनपानीकाे भित्री सडक खण्डकाे ओरालोमा सडकबाट अं. १०० मिटर तल झरी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ । उक्त एम्वुलेन्समा सवार ४ जना मध्य ३ जना घाईते भएका छन् ।
घाइतेहुनेहरुमा एम्बुलेन्स चालक दोरम्वाशैलुङ्ग ३ बस्ने बर्ष २४ को सुरेश मगर ,दाेरम्बाशैलुङ्ग २ बस्ने बर्ष ४१ को नारायण बहादुर नेपाली र साही वडाका बर्ष ५३ को दिल बहादुर दमाई रहेका छन् । घाइतेहरूलाई थप उपचारका लागि धुलिखेल अस्पताल तर्फ पठाइकाे प्रहरीले जानकारी दिएकाे छ ।
उक्त एम्बुलेन्स र शव घटना स्थलमा नै रहेकाे र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक काैसल न्याैपानेले जानकारी दिए ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान













प्रतिक्रिया दिनुहोस