राष्ट्रपति रनिङ सिल्डकाे उपाधि मन्थली माविलाई
रामेछाप – रामेछापको मन्थलीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मन्थली माविले हात पारेको छ । मन्थली नगरपालिकाले आयोजना गरेकाे उक्त प्रतियोगितामा मन्थली मावि उपाधि हात पार्न सफल भएको हाे ।
प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो स्थान हासिल गरेकाे छ भने कर्कला देवी इङलिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गर्न सफल भएकाे छ।
प्रथम,द्वितिय र तृतिय हुनेहरुलाई क्रमश: २० हजार, १५ हजार र १० हजार नगद सहित शिल्ड,मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा नगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालयले यस अघि पनि लगातार २ पटक रनिङ शिल्ड जितिसकेको छ । उक्त प्रतियोगितामा भलिवल, कबर्दि, तेक्वान्दो, उस्सु र एथलेटिक्स लगाएतका खेलहरु खेलाइएको थियो ।
यसैविच भलिवल तर्फ भने सेतीदेवी मावि सालु उत्कृष्ठ बनेको छ । मन्थली मावि र सेतीदेवी मावि सालु बिच भएको फाइनल खेलमा सालु ले मन्थलीलाई हराउदै भलिवल तर्फको उत्कृष्ठ बिद्यालय बनेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस