इजरायलमा भएकाे आक्रमणमा ९ जना नेपाली घाईते
हमासले इजरायलमा गरेकाे आक्रमणमा परि ९ जना नेपाली घाइते भएका छन् । शनिबार भएकाे आक्रमणबाट २३० जनाको मृत्यु भएको छ भने करिब एक हजार बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रारम्भिक विवरण अनुसार आक्रमणमा परि ९ जना नेपाली घाइते भएका छन् । ९ जनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको जनाएको हाे ।
नेपालीहरु इजरायलमा ‘केयर टेकर’को रुपमा काम गर्न जान थालेको दुई दशकभन्दा बढी भएको छ । यसअवधिमा थुप्रै नेपाली केयर टेकरको रुपमा इजरायल पुगेका छन् । इजरायलमा नेपालीहरु रोजगारीको लागि मात्र नभएर अध्ययनको लागि पनि जाने गर्छन् । यसकारण इजरायलमा नेपालीहरुको राम्रै उपस्थित रहेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस