नेपाल निर्माण उद्योग परिषद रामेछापकाे संयाेजकमा थापामगर
रामेछाप – नेपाल निर्माण उद्योग परिषद रामेछापकाे तदर्थ समन्वय कमिटीकाे संयाेजकमा कृष्ण थापामगर चयन भएका छन् । केन्द्रीय समितिले मंगलबार थापामगरकाे संयाेजकत्वमा ७ सदस्यीय कमिटी मनाेनित गरेकाे हाे।
नेकपा एमाले निकट घटक संस्था नेपाल उद्योग परिषदकाे रामेछाप जिल्ला समन्वय कमिटीमा थापामगरकाे संयाेजकत्वमा ७ सदस्यीय कमिटी मनाेनित भएका छन् । उक्त कमिटीकाे सदस्यहरुमा कर्ण बहादुर तामाङ ,पर्वत कुमार वि.क, फत्त बहादुर बस्नेत , हरि माझी ,रामबाबु घिमिरे र साजन शिवाकोटी रहेका छन् ।
तदर्थ कमिटीलाइ यहि असाेज १५ गते भित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारी दिईएकाे छ । उक्त विषयमा जिल्ला समन्वय कमिटीकाे संयाेजककाे जिम्मेवारी पाएका थापामगरले दिइएको जिम्मेवारीलाई ताेकिएकाे समायावधि भित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेछन् ।
अधिवेशनका लागि रामेछाप जिल्ला ईन्चार्ज बलराम श्रेष्ठ र बागमती प्रदेश संयाेजक पुस्कल न्याैपानेलाई समेत केन्द्रीय कमिटीले आवस्यक सहयाेग गर्न अनुराेध गरेकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस