दोस्रो राष्ट्रिय डुङ्गा (लाउ) दौड प्रतियोगिताको उपाधी सुनसरीलाई
रामेछाप – मन्थली नगरपालिका -६ सेलेघाटस्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थल त्रिबेणीमा भएको दोस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिताको उपाधी सुनसरीले हात पारेको छ ।
शुक्रबार संचालन भएकाे प्रतियोगितामा डबलतर्फ सुनसरीले २ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै उपाधी जितेको हो । त्यसैगरी डबलतर्फ रामेछापको खाँडादेवी गाउँपालिका–१ कोथबे २ मिनेट ३६ सेकेण्डमा दुरी पूरा गरी द्धितीय भएको छ भने सुनसरी ‘बि’ ले २ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै तृतीय स्थान हासिल गरेको छ ।
त्यसैगरी सिङ्गलतर्फ सुनसरी ‘ए’ ले ३ मिनेट १४ सेकेण्डमा दुरी पूरा गरी प्रथम भएको छ भने सुनसरी ‘सि’ ३ मिनेट ३२ सेकेण्डमा दुरी पूरा गरी द्धितीय र रामेछापको त्रिवेणी क्लवले ३ मिनेट ३३ सेकेण्डमामा दुरी पूरा गरी तृतीय स्थान हासिल गर्न सफल भएको हो ।
डबलतर्फ ४ जना र सिङ्गलतर्फ २ जनाको समूह रहेको थियो ।
डबलतर्फ प्रथम हुने समूहले ४० हजार नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् भने द्धितीयले ३० हजार र तृतीयले २० हजार र प्रमाण–पत्र पाएका छन् । त्यसैगरी सिङ्गलतर्फ प्रथम हुनेलाइ नगद ३० हजार र प्रमाण–पत्र रहेको पुरस्कार प्रदान गरिएकाे छ भने द्धितीय हुनेलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिएकाे छ
राष्ट्रिय खेलकुद परिषद र मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल माझी उत्थान संघ रामेछाप र न्यू स्टार युवा क्लव मन्थली–६ कुनौरीले आयोजना गरेकाे प्रतियोगितामा विभिन्न ७ जिल्लाबाट सहभागी भएका थिए । जसमा डबलतर्फ ३५ र सिङ्गलतर्फ ३१ गरी ६६ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ लघुवित्त कर्मचारी मञ्चद्वारा शैक्षिक सामाग्री वितरण ,
- २ बलात्कार मुद्दामा क्रिकेटर सन्दीपले पाए सफाइ
- ३ सुनापतिमा एकल कन्या भत्ता
- ४ 3D с использования – материалы для производства
- ५ трехмерные с большой – технология для работы
- ६ 3D с использования – технология для производства
- ७ Why Should You Activate USA Network?
- ८ सार्वजनिक सुनुवाईमा नगन्य सहभागिता
प्रतिक्रिया दिनुहोस