वन महासंघकाे सल्लाहकारमा कार्की सहित ७ जना मनोनित
रामेछाप – रामेछाप सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले नारायण कार्कीको संयोजनमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । महासंघ रामेछापको २० गते मन्थलीमा बसेकाे बैंठकले सदस्यहरु मनाेनित गरेर समिति गठन गरेकाे हाे ।
महासंघकाे सल्लाहकार सदस्यहरुमा ढालविक्रम कार्की, इन्द्रावती मोक्तान, रत्न प्रसाद कँडेल, धिरबहादुर थापा (रविन), निर्मला श्रेष्ठ र बद्री नयाँघरे रहेकाछन् । मनोनित सदस्यहरु यसअघि महासंघकाे विभिन्न संरचनामा रहेर कार्य गरिसकाे र सामुदायिक वन अभियन्ता रहेकाे जिल्ला महासंघका सचिव गंगा कार्कीले जानकारी दिएकी छिन् ।
सचिव कार्कीका अनुसार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको बैठकले महासंघको केन्दीय कार्यसमितिमा जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्य दुर्गा बहादुर श्रेष्ठ र हर्कमाया माझी तथा बागमती प्रदेश महासंघको अधिवेशनबाट प्रदेश महासचिवमा निर्वाचित दिपशिखा दाहाल, सदस्यहरु मिना ढुंगेल, श्यामकुमार कार्की र सरोज फुयाललाई बधाई तथा शुभकामना सहित सम्मान पत्र प्रदान गरेकाे छ ।
बैठकमा रामेछाप सामुदायिक वन उपभोक्ता महासंघ रामेछापका नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा बसेको थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस