काैछिनीमा भएकाे बाेलेराे दुर्घटनामा चालक सहित ५ काे मृत्यु
रामेछाप – मन्थली नगरपालिका ७ काैछिनीमा भएकाे बलेराे दुर्घटनामा चालक सहित ५ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।
बिहिवार साझ ५:३० बजेकाे समयमा मन्थली बाट काैछिनि जाँदै गरेकाे बा ११ च ५५३ नम्बरको डबलक्याप बाेलेराे सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे । दुर्घटना परि मृत्यु हुनेहरुमा मन्थली ७ कौछिनीका ८२ बर्षकी नन्द्माया भण्डारी ,६८ बर्षिय जेशुङ तामाङ, ४० बर्षकी ज्यान रानी तामाङ,सुनापति १ गुन्सीकाे ८ बर्षकी लाक्पा घिसिङकाे घटना स्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख हाेम पराजुलीले जानकारी दिएका छन । त्यसैगरि घाइतेहरुकाे उद्वार गरि उपचार गराउने क्रममा चालक मन्थली ७ का ५० बर्षका दल बहादुरकाे मृत्यु भएकाे प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
दुर्घटना परि घाइते भएकामध्ये ३ जनाकाे अवस्था गम्भीर रहकाे छ । गम्भीर घाइतेहरुकाे मन्थली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौ पठाएकाे छ । थप उपचारका लागि पठाइएकाे घाइतेहरुमा
मन्थली ६ कि ३५ बर्षिय की बिमला गोले , ११ बर्षिय ओजेस्टी लामा र ५ बर्षकी सम्भावी लामा रहेका छन् ।
त्यस्तै मन्थली ७ कौछिनीका ७० बर्षिय भक्त बहादुर लामा , ४४ बर्षिय बंद बहादुर बुढाथोकी, ६० बर्षकी मनमाया तामाङ, ४७ बर्षकी दुर्गामाया खड्का, २५ बर्षिय कमल गोले,३४ बर्षिय हरी बहादुर थोकर, गोकुलगंगा -५ रस्नालुका २७ बर्षिय निस्सा मग्राती, निजकै छोरी ३ बर्षकी निनिमा मग्रातीकाे मन्थलीमा नै उपचार भैरहेकाे प्रहरी प्रमुख पराजुलीले बताएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस