शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
रामेछाप- शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएकाे छ । उक्त खेलमा सबैभन्दा लामाे ५५ किलोमिटरमा भएकाे प्रतिस्पर्धा सोलुका सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।
साेहि प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरेका छन् । सुनुवारले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए ।
यसैगरी २५ किलोमिटरकाे लागि प्रतिस्पर्धामा मोहन देव जोशी प्रथम भएका छन् । जोशीले उक्त दुरी ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । उक्त खेल हुने देवराज महतरा द्वितीय भएका छन् । उनले साेहि दुरी ३ घण्टा १० मिनेट १० सेकेन्डमा पूरा गरेका थिए । उक्त दुरी ३ घण्टा १४ मिनेट ५ सेकेण्डमा पूरा गरेर होमलाल श्रेष्ठले तृतीय स्थान हासिल गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले शुभारम्भ गरेका थिए । उक्त प्रतियाेगिता सुनापतिबाट बिहान ७ बजे सुरु भएको थियाे ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस