शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
रामेछाप – अन्तराष्ट्रिय अल्ट्रा म्याराथन रामेछापको शैलुङ्गमा हुने भएको छ । आगामि चैत ४ गते शैलुङमा पहिलो पटक ‘शैलुङ म्याराथन’ प्रतियोगिता हुने जिल्ला खेलकुल समितिले जनाएकाे छ ।
जिल्ला खेलकुद विकास समिति रामेछापले साेमबार गाल्पामा पत्रकार सम्मेलन गरेर म्याराथन हुने बारेमम जानकारी गराएकाे हाे । सम्मेलनमा खेलकुलद समिति रामेछापका प्रमख अर्जुन कार्कीले शैलुङ क्षेत्रकाे प्रचार तथा पर्यटन प्रबर्द्धनका लागि उक्त खेलकमे आयाेजना गर्न लागिएकाे बताए ।
उक्त म्याराथनमा ३ किसिमकाे हुनेछ छ । जसमा ५५ किलोमिटर,२५ किलोमिटर र ५ किलोमिटरको म्याराथन दाैड प्रतियोगिता हुने खेलकुद प्रमुख कार्कीले जानकारी दिएका छन् ।
जसअन्तरगत ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट ऐतिहासिक स्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वरी–दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ ।
त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ भने ५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रलाई परिक्रमा गर्नुपर्ने छ ।।
खेलमा भाग लिनका लागि रामेछाप जिल्लाका नागरिकलाई नि: शुल्क फाराम भर्न सकिने व्यवस्था गरेकाे छ । त्यस्तै अन्य नेपाली खेलाडीलाई २ हजार , सार्क राष्ट्रका नागरिकलाई ३ र अन्य राष्ट्रका नागरिकलाइ ५ हजार शुल्क निर्धारण गरिएकाे छ । फाराम अनलाइन मार्फत भर्न सकिने व्यवस्था छ । जस्काे लागि याे लिङ्कमा जान सकिने छ ।http://himalayantrailrunning.com/sailung-trail-race/
पत्रकार सम्मेलन हुदासम्म जिल्ला बाहिरको ९० भन्दा बढीले अनलाइन फारम भरिसकेको छन् । जसमा विभिन्न ७ राष्ट्रका नागरिकले समेत फाराम भरेकाे जिल्ला खेलकुद विकास समितिले जनाएको छ
खेलमा ५५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ७५ हजार ,द्धितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार पुरस्कार रहेकाे छ । त्यस्तै २५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार पुरस्कारकाे व्यवस्था गरिएको छ । त्यस्तै ५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाइ १० हजार र तृतिय ५ हजार पुरस्कार प्रदान गरिने आयाेजकले जानकारी दिएकाे छ ।
जिल्ला खेलकुद बिकास समिति रामेछापको आयोजना तथा सुनापति गाउँपालिका ,दोरम्बा गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिकाको सहकार्यमा सुनापति-शैलुङ्ग अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता जिल्लाको स्थानिय पर्यटन,संस्कृति र परिदृश्य प्रबर्द्धन गर्ने उदेश्यले यो अल्ट्रा म्याराथन आयोजना गरिएको जिल्ला खेलकुद बिकास समिति रामेछापले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस