उत्कृष्ट कृषक लाई राष्ट्रपति कृषक पुरस्कारबाट सम्मान
रामेछाप । कृषि क्षेत्रमा उल्लेख्य काम गर्ने रामेछाप र दोलखाका किसानलाई कृषि ज्ञान केन्द्र रामेछापले जिल्ला स्तरिय उत्कृष्ट कृषक पुरस्कार सहित बिहिबार मन्थलीमा सम्मान गरेको छ ।
केन्द्रद्वारा आयोजित कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ र जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले उत्कृष्ट किसानलाई सम्मान, पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए ।
पुरस्कृत हुने किसानमा रामेछापको उमाकुण्डमा चौरीपालन गर्ने किसान साङगे लामा , दोरम्बा शैलुङमा मौरीपालन गर्ने किसान कविन्द्र मोक्ता र मन्थलीको पुरानागाउँमा बाख्रा पालन तथा तरकारी खेति गर्ने किसान शिवरण वोहोरा रहेका छन् ।
त्यसैगरी दोलखाका उत्कृष्ट ३ जना किसानलाई पनि उक्त अवसरमा सम्मान गरीएको थियो । केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार जिल्लामा उत्कृष्ट कृषि कर्म गर्ने किसानलाई छनौट समितिले गरेको सिफारीसका आधारमा नगद १० हजार सहित सम्मान गरिएको हो । केन्द्रले यस अघीका २ बर्ष देखि उत्कृष्ट किसान सम्मान कार्य गर्दै आएको छ । केन्द्रको कार्यक्षेत्र दोलखा र रामेछाप पर्छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, उप प्रमुख प्रेमसागर थापा , मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी र रामेछाप बहुप्राविधिक शिद्यालयका प्रमुख बैकुण्ठ श्रेष्ठले आ आफ्ना धारणा राख्दै कृषिक्षेत्रमा उत्कृष्ठ कार्य गर्ने किसानलाई गरिएको सम्मानले अझ व्यवसायीक कृषिको विकास हुनेमा विश्वास व्यक्त गर्दै राज्यले किसानका समस्या र वजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस