गोकुलगंगामा राष्ट्रपति रनिङशिल्ड
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका स्तरिय तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जट्टेश्वर मावि चुचुरेमा विहिार देखि सुरु भएको छ ।
बागमति प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटनको क्रममा श्रेष्ठले खेलको माध्यमबाट नैतिक अनुशासनका साथै व्यक्तित्व विकास , आर्थिक विकास र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नाम राख्न सकिने भएकाले वताए । उनले खेलकुदको क्षेत्रमा राज्यले ठुलो लगानी गरेको भन्दै पालिका स्तरमा खेल मैदानको विकासका लागि आफुले सकेको काम गर्ने आश्वासन दिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का ( दिनेश ) ले रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहमा हुने खेलको विकास मात्र नभै प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने वताएका थिए ।
तीन दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाका विद्यालयहरुले भाग लिएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस