चिकित्सक संघद्वारा आज देशभर स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द
काठमाडौ – चिकित्सक माथी भएकाे प्रहरी आक्रमणकाे विराेधमा माघ २९ गते आइतबार देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेक अन्य सेवा बन्द रहने नेपाल चिकित्सक संघले जनाएको छ ।
शुक्रबार प्रहरीले भीभीआईपीको सुरक्षाका नाममा चिकित्सक माथि भएकाे आक्रमणकाे विरोधमा नेपाल चिकित्सक संघ आन्दोलित भएको हाे । संघले विरोधस्वरुप आज देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको संघकाे विज्ञप्ति उल्लेख गरिएको छ।’
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले वीर अस्पतालका चिकित्सकमाथि लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत घाइते भएका थिए।
‘
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस