लिखुतामाकाेसी गाँउपालिकाद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन
रामेछाप – लिखुतामाकाेसी गाँउपालीकाकाे आयाेजनामा तथा तामाकोसी अस्पतालकाे प्राविधिक सहयाेगमा धाेबिमा संचालित २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । पालिकाले धाेबिकाे झट्टेश्वर माविमा पाैष २९ र ३० गते आयाेजना गरेकाे शिविरमा ६ सय ४४ विरामिले स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरमा स्त्रीरोग , हाडजोर्नी , नाक कान घाँटी , बालराेग लगाएत ८ वटा राेगहरुकाे परिक्षण गरिएकाे थियाे । स्वास्थ्य परिक्षण गराएका बिरामीलाइ निशुल्क ओैषधी समेत वितरण गरिएकाे लिखुतामाकाेसी गाँउपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए ।
दुर्गम गाउमा बसाेबास गर्ने , समयमा उपचार गर्न जान नसक्ने र खर्च अभावका कारण उपचार गराउन नसकेका हरुलाइ लक्ष्यित गरि पालिकाले पालिका स्तरमा नै निशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे पालिका अध्यक्ष महतले बताएका छन् । त्यसैगरी अध्यक्ष महतले शिविर संचालन गर्न सहयाेग गर्ने डाक्टर, संघ संस्था, स्वास्थ्यकर्मी ,कर्मचारी र श्री झट्टेश्वर माविका शिक्षक तथा कर्मचारीलाई धन्यवाद दिएका छन् ।
पालिकाले यसअघि आँखा शिविर संचालन गरेकाे थियाे ।जसबाट ८०९ बिरामीले आँखा परिक्षण गराएका थिए भने ३६ जनाले निशुल्क आँखाकाे शल्यक्रिया गराएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस