सोमबार देखि प्रदेशको चुनावी अभियान
रामेछाप । सत्ता गठवन्धनका उमेदवदारलाइ आउदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदमा विजयी गराउनका लागि गठवन्धनले संयुक्त प्रचार प्रचार अभियान चलाउने भएको छ । उक्त अभियान सोमबार ( आश्विन ३१ ) देखि चिसापानीबाट शुरु हुदैछ ।
नेपाली काँग्रेस प्रदेश ख का सभापति राजेशकुमार श्रेष्ठका अनुसार चिसापानीबाट प्रदेशसभा १(ख) का उमेदावार माओवादी केन्द्रका नेता युवराज चौलागाई सहित थालिने अभियानमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका जिल्ला, प्रदेश र पालिका स्तरका नेताहरुको सहभागिता हुनेछ । घर दैलो , टोल भेला गर्दै चुनावी अभियान कात्तिक ९ गते भटौली आउने छ । कात्तिक १० र ११ गते दिपावलीका लाई विश्राम लिने अभियान त्यसपछि खाँडादेवि र मन्थली नगरपालिकामा केन्द्रीत हुनेछ । प्रतिनिधि सभा सदस्य पदका उमेदवार काँग्रेस नेता कान्छाराम तामाङ सहितको माओवादी केन्द्रका प्रदेश सभा १ (क) का उमेदवार तारानाराण श्रेष्ठ सहितका नेता कार्यकर्ताहरु सहभागि हुने उक्त अभियान प्रदेश क तर्फको प्रचार अभियानमा हुनेछ । ख प्रदेशका लागि कान्छाराम सहितको टोलीले फेरी घर दैलो अभिान संचालन गर्ने जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस