मृर्गौला परिक्षण अभियान पुरा
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरवासीको निशूल्क मृर्गौला परिक्षण गर्ने अभियान पुरा भएको छ । पुस ११ देखि फागुन मसान्त सम्म संचालन भएको उक्त अभियानमा नगरका २० हजार ७ सय ९१ जनाले पिसाव जाँच गराई आफ्नो मृर्गौलाको अवस्था बारे जानकारी लिएका थिए ।
नगरपालिकाले राष्ट्रिय मृर्गौला उपचार केन्द्रको समन्वयमा उक्त अभियान संचालन गरेको थियो । अभियानको क्रममा पिसावमा डिपस्टीक डुवाएर मृर्गौलाको अवस्थाका बारेमा जानकारी लिइएको थियो । परिक्षणमा केन्द्रका अतिरीक्त नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सहभागि थिए ।
मृर्गौला परिक्षणको तथ्याङक शुक्रबार नगरपालिकाले सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार परिक्षण गराएका मध्ये २ हजार १ जनालाई मृर्गौला सम्बन्धी कुनै न कुनै समस्या देखिएकोले थप परिक्षणका लागि पठाइएको थियो । जिल्लामा उपलव्ध ल्यावमा थप परिक्षण गराउन पठाएका मध्ये १ हजार जतिले दोश्रो पटक परिक्षण गराएका र ति मध्ये २८ जनालाई उपचारका लागि काठमाण्डौं रेफर गरीएको थियो ।
६ बर्ष भन्दा माथि उमेर समूहका करिव ३५ हजार नागरिकको मृर्गौला परिक्षण गर्ने लक्ष्य लिइएकोमा ओमिक्रोानका कारण अभियानलाई प्रभावित पारेको प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले वताए । नगर प्रमुख रमेशकुमार वस्नेतले मृर्गौलाको अभियानको रुपमा निशूल्क परिक्षण गराउने मुलुकमै पहिलो स्थानीय तह हुन पाएकोमा गर्व गर्दै अभियानलाई निरन्तरता दिने वताए । कार्यक्रममा मृर्गौला उपचार केन्द्रका प्रमुख डाक्टर ऋषिकुमार काफ्लेलाई कदरपत्र द्वारा सम्मान गरीएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस