रञ्जु दर्शनाले त्यागिन विवेकशील साझा पार्टी
काठमाडौ -रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । दर्शनाले साधारण सदस्य समेत नहरने गरि पार्टी परित्याग गरेकी हुन् ।
दर्शनाले बिहीबार विज्ञप्तिमा जारी गर्दै
आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफू स्वतन्त्र भएकाे जनाएकी छिन् ।
दर्शनाले भनिन् सके सफा गर्छु , नसकेके फाेहाेर गर्दिन भनेर राजनितीमा अाएकी थिए । “म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन।
यस कारण विवेकशील साझा पार्टी परित्याग गरेकाे उल्लेख गर्दै दर्शनाले तत्काल कुनै पार्टीमा नजाने बताएकी छिन । आफू एक सचेत र स्वतन्त्र नागरिकको भूमिमा रहने दर्शना बताएकी छिन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ On Demand Book Printing And Book Self Publishing
- २ 10 Powerful Marketing Tips
- ३ Cause Of Hair Loss In Women – The Role Of Dht & Sebum
- ४ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
- ५ रामेछापमा घर आगलागी हुदा एक महिलाको मृत्यु
- ६ ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह
- ७ स्थानिय उत्पादनको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाटबजार सुरु
- ८ नेपाली कांग्रेस मन्थली नगरपालिकाकाे वडा सम्मेलन स्थगित
प्रतिक्रिया दिनुहोस