रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
रामेछाप – रामेछाप नगरपालिकाको सबैवडा एकैदिन बालमैत्री स्थानिय शासन युक्त वडा घोषणा भएको छ । मंगलबार(आज) नगरपालिकाको सबै वडाहरुलाई एकैसाथ बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो ।
नगरकाे वडा नं १ गोठगाउँ,वडानं २ देउराली,वडा नं ३ साँघुटार,वडा नं ४ हिमगंगा,वडा नं ५ रामपुर,वडा नं ६ ओख्रेनी,वडा नं ७ सुकाजोर,वडा नं ८ रामेछाप र वडा नं ९ ल्याङ्गल्याङ्गलाई बालमैत्री घोषणा गरिएको हो ।
सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन भैसकेपछि सबै वडालाई एकैदिन बालमैत्री घोषणा गरिएको हो । सबै वडाहरुले २०७९ असोज २६ गतेदेखी बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ९ वटै वडा बालमैत्री वडा घोषणा भएको हो ।
वडा नं १ मा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका निवर्तमान उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता रहेको थियो । वडा नं २ मा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा नं ३ मा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा नं ४ मा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,वडा नं ५ मा जिल्ला समन्वय अधिकारी हरि कृष्ण फुयाल र वडा नं ६ मा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यसैगरी वडा नं ७ मा निवर्तमान उर्जा जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं ८ मा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र वडा नं ९ मा बाग्मती प्रदेश सभा सदस्य तारा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाका ९ वटै वडा बालमैत्री घोषणा भएका हुन । नगरका सबै वडाहरुले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको हो । वडा घोषणा पश्चात बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने छ । घोषणा कार्यक्रममा सहभागीहरुले बालमैत्रीलाई दिगोपना दिन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस