देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी

रामेछाप – मन्थली नगरपालिका ८ गाइखुराका माझीहरु आफ्नाे गाउँ आफै जाेगाऊ भन्दै गाउँ जोगाउँन माझीहरु जुटेका छन् । गएको बर्ष तामाकोसी नदिमा आएको बाढीका कारण जोखिममा परेको आफ्नो गाउँ जाेगाऊन माझीहरु तटबन्ध निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

तामाकोसी नदीकिनारमा रहेकाे गाइखुरा बस्तीमा नदिमा आएकाे बाढीले थप क्षेति पुग्न नदिनका लागि धेरै तिर सहयोग मागे पनि कतैबाट सहयोग नपाएपछि अहिले माझीहरु आफैं श्रमदान गरेर तटबन्ध निर्माणमा जुटेका छन् । सरकारका तिनै तहसँग सहयोगका लागि आग्रह गर्दापनि कतैबाट सहयोग नपाएपछि आफ्नो गाउँ आर्फै जोगाऊ भन्ने अभियाननै संचालन गरेर माझी समुदाय तटबन्ध निर्माणमा गर्न जुटेका छन् ।

तामाकोसी बगरबाट ढुंगा बोकेर एकसातादेखि तटबन्ध निर्माण गरिरहेका छन् । सरकारले जाली समेत उपलब्ध गराउन नसकेपछि माझीहरुले कोशिको ढुंगा संकलन गरेर तटबन्ध निर्माण गरेका हुन् । तटबन्ध निर्माण संगै अब बस्ती जोगिने कुरामा माझी समुदाय बिश्वस्त भएको स्थानीय बालकृष्ण माझीले बताए ।

श्रमदानमा जुटेका माझीहरु गत बर्ष तिहारमा देउसी खेलेर संकलन भएकाे रकमबाट खाजाकाे व्यवस्था गरिरहेका छन् “काम गर्दागर्दै भोक लाग्छ, त्यसैले खाजा खानका लागि गत बर्ष तिहारमा देउसी खेलेको पैसाले खाजाकाे व्यवस्था मिलागका छाै “स्थानीय बालकृष्ण माझी भने ।
गत बर्षको असोज महिनामा आएको बाढीले बस्ति मुनिको भाग कटान गरेर तटबन्ध बगाएपछि जोखिममा परेको गाइखुरा गाउँमा ८२ घरपरिवार माझीहरुकाे बसाेबास रहेकाे छ ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अदालतकाे अल्पकालीन आदेश
- २ भावुक स्टाटस लेखेर सम्पर्क बिहिन भएका डा: श्रेष्ठ शकुसल फेला
- ३ महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
- ४ वैदेशिक राेजगारीका क्रममा ठगिमा परेकाले सामीकाे पहलमा पाए ५१ लाख ३६ हजार
- ५ अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान विमान दुर्घटना
- ६ विपद पूर्व तयारी तथा उद्वारकाे पूर्व अभ्यास प्रदर्शन
- ७ मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
- ८ रामेछाप नगरकाे सबै वडा एकैदिन बालमैत्री घाेषणा
प्रतिक्रिया दिनुहोस