देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
रामेछाप – मन्थली नगरपालिका ८ गाइखुराका माझीहरु आफ्नाे गाउँ आफै जाेगाऊ भन्दै गाउँ जोगाउँन माझीहरु जुटेका छन् । गएको बर्ष तामाकोसी नदिमा आएको बाढीका कारण जोखिममा परेको आफ्नो गाउँ जाेगाऊन माझीहरु तटबन्ध निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

तामाकोसी नदीकिनारमा रहेकाे गाइखुरा बस्तीमा नदिमा आएकाे बाढीले थप क्षेति पुग्न नदिनका लागि धेरै तिर सहयोग मागे पनि कतैबाट सहयोग नपाएपछि अहिले माझीहरु आफैं श्रमदान गरेर तटबन्ध निर्माणमा जुटेका छन् । सरकारका तिनै तहसँग सहयोगका लागि आग्रह गर्दापनि कतैबाट सहयोग नपाएपछि आफ्नो गाउँ आर्फै जोगाऊ भन्ने अभियाननै संचालन गरेर माझी समुदाय तटबन्ध निर्माणमा गर्न जुटेका छन् ।

तामाकोसी बगरबाट ढुंगा बोकेर एकसातादेखि तटबन्ध निर्माण गरिरहेका छन् । सरकारले जाली समेत उपलब्ध गराउन नसकेपछि माझीहरुले कोशिको ढुंगा संकलन गरेर तटबन्ध निर्माण गरेका हुन् । तटबन्ध निर्माण संगै अब बस्ती जोगिने कुरामा माझी समुदाय बिश्वस्त भएको स्थानीय बालकृष्ण माझीले बताए ।

श्रमदानमा जुटेका माझीहरु गत बर्ष तिहारमा देउसी खेलेर संकलन भएकाे रकमबाट खाजाकाे व्यवस्था गरिरहेका छन् “काम गर्दागर्दै भोक लाग्छ, त्यसैले खाजा खानका लागि गत बर्ष तिहारमा देउसी खेलेको पैसाले खाजाकाे व्यवस्था मिलागका छाै “स्थानीय बालकृष्ण माझी भने ।
गत बर्षको असोज महिनामा आएको बाढीले बस्ति मुनिको भाग कटान गरेर तटबन्ध बगाएपछि जोखिममा परेको गाइखुरा गाउँमा ८२ घरपरिवार माझीहरुकाे बसाेबास रहेकाे छ ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस