• काेसिस न्यूज
  • विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग


    रामेछाप- रामेछाप नगरपालिका ७ सिम्लेको सेतीदेवी आधारभूत विद्यालयमा खानेपानीको व्यवस्थापनका लागि मुक्तिनाथ विकास बैंकले आवश्यक सामाग्री उपलब्ध गराएकाे छ ।

    लामाे समयदेखि खानेपानीकाे समस्या झेल्दै आगकाे सेतिदेविलाई आविलाई आइतबार मुक्तिनाथ विकास बैँक मन्थली शाखाले आवस्यक सामग्री हस्तान्तरण गरेकाे शाखाका प्रमुख बद्री प्रसाद रिमालले जानकारी दिए ।

    विद्यालयमा आवश्यक खानेपानीकाे व्यवस्था नहुदा टाडाद – टाडादेखी बोकेर ल्याउनुपर्ने अवस्था थियाे । बैंकले आवस्यक सामग्री उपलब्ध गराएपछि उक्त समस्या समाधान हुने र विद्यालयकै आगनमा खानेपानीकाे धारा व्यवस्था हुने भएकाे छ ।

    विद्यालयमा खानेपानीकाे व्यवस्था गर्न आवस्यक पाइप २ हजार मिटर र पानी संकलन गर्न १ हजार लिटरको २ वटा हिलटेक ट्याङ्की बैंकका मन्थली शाखा प्रमुख रिमालले विद्यायलाई हस्तान्तरण गरेका छन् ।

    उक्त सामग्री मानव मिलन नारी जागरणको सहकार्यमा समाजससेवी सन्देश घिमिरेको पहलमा बैंकले विद्यालयलाई उपलब्ध गराएकाे हो ।

    बैँककाे सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानीको लागी आवश्यक सहयोग गरेको हाे । विद्यालयमा खानेपानीको व्यवस्थापनका लागि आवस्यक काम कार्य भने मानव मिलन नारी जागरण संस्थाले गर्ने समाजससेवी सन्देश घिमिरेले बताए ।

    विद्यालयमा लामाे समयदेखी खानेपानीको अभाव रहेको र शौचालयहरूमा समेत पानीको सुविधा नहुँदा समस्या निकै समस्या बेहार्नु परेकाे विद्यालयका प्रधानाध्यापक खिल बहादुर कार्कीका बताए । विद्यालयमा प्रयाप्त पानी नहुदा
    विद्यार्थीहरूको स्वास्थ्य,सरसफाइ तथा शिक्षण सिकाइमा समेत प्रत्यक्ष असर पारिरहेको प्रध्यानध्यापक कार्कीले बताए । विद्यालयकाे खानेपानी समस्या समाधान गर्न पहल गर्ने समाजसेवी सन्देश घिमिरे र सामाग्री उपलब्ध गराउने बैंक प्रति विद्यालय आभारी रहेकाे कार्कीले बताए ।

    विद्यालयलाई सहयाेग उपलब्ध गराउने मुक्तिनाथ बैंकले हाल डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उक्त बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट महिनाको ५ पटक निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस