• काेसिस न्यूज
  • मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति


    रामेछाप – मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत सकुन्तला थापालाई मुक्तिनाथ विकास बैंकले उत्कृष्ट छात्रवृत्ति प्रदान गरेकाे छ । मंगलबार बैंकको मन्थली शाखाले उक्त छात्रवृत्ति प्रदान गरेकाे हाे ।

    बैंकका मन्थली शाखा प्रबन्धक बद्री प्रसाद रिमालले विद्यालयका प्रधानध्यापक टंग प्रसाद दाहाल मार्फत उत्कृष्ट छात्रवृत्तिकाे १५ हजार रकम उपलब्ध गराएका छन् । उक्त छात्रवृत्ति प्राप्त गर्ने छात्रा माविमा कक्षा ११ मा अध्ययनरत छिन् ।

    मुक्तिनाथ विकास बैंकले केही वर्षदेखि शाखा रहेकाे जिल्लामा स्थानीय तहमा रहेकाे जेहेन्दार ,विपन्न तथा कृषक परिवारका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने गरेकाे छ ।


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस