मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रयास गरिदै : नगर पमुख श्रेष्ठ
रामेछाप – मन्थली अस्पतालकाे चाैथाे स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली अस्पताललाई प्रादेशिक अस्पतालकाे रुपमा विकास गर्न पहल गरिरहेका बताए ।
मन्थली अस्पताल स्वास्थ्य चाैकीबाट १५ बेडकाे मन्थली अस्पताल भएकाे ४ वर्ष पुगेकाे अवसरमा आईतबार आयाेजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मन्थली अस्पताललाई सबैकाे साझा अस्पतालकाे रुपमा विकास गर्नुपर्ने बताउदै उनले ५० बेड सहित प्रादेशिक अस्पताल बनाउनु पर्ने बताएका हुन ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलले अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेकाेमा बधाई दिदै नयाँ भवनबाट प्रवाह हुने सेवाहरु थप प्रभावकारी हुनेमा विस्वास व्यक्त गरे ।
दिवसकाे अवसर पारेर अस्पतालकाे नवनिर्मित भवनकाे ओैपचारीक उत्घाटन गरिएकाे छ । उक्त भवन नगरप्रमुख श्रेष्ठले रिवन काटेर उत्घाटन गरेका हुन ।
साेही अवसरमा दाेैड प्रतियोगिता राखिएकाे थियाे भने अस्पतालमा उपचाररत बिरामीलाई फलफुल वितरण गरिएकाे थियाे ।
कार्यक्रम अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एंव नपर प्रमुख लब श्रेष्ठको अध्यक्षमा भएकाे हाे ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस