मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रयास गरिदै : नगर पमुख श्रेष्ठ
रामेछाप – मन्थली अस्पतालकाे चाैथाे स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली अस्पताललाई प्रादेशिक अस्पतालकाे रुपमा विकास गर्न पहल गरिरहेका बताए ।
मन्थली अस्पताल स्वास्थ्य चाैकीबाट १५ बेडकाे मन्थली अस्पताल भएकाे ४ वर्ष पुगेकाे अवसरमा आईतबार आयाेजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मन्थली अस्पताललाई सबैकाे साझा अस्पतालकाे रुपमा विकास गर्नुपर्ने बताउदै उनले ५० बेड सहित प्रादेशिक अस्पताल बनाउनु पर्ने बताएका हुन ।
कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेलले अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेकाेमा बधाई दिदै नयाँ भवनबाट प्रवाह हुने सेवाहरु थप प्रभावकारी हुनेमा विस्वास व्यक्त गरे ।
दिवसकाे अवसर पारेर अस्पतालकाे नवनिर्मित भवनकाे ओैपचारीक उत्घाटन गरिएकाे छ । उक्त भवन नगरप्रमुख श्रेष्ठले रिवन काटेर उत्घाटन गरेका हुन ।
साेही अवसरमा दाेैड प्रतियोगिता राखिएकाे थियाे भने अस्पतालमा उपचाररत बिरामीलाई फलफुल वितरण गरिएकाे थियाे ।
कार्यक्रम अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एंव नपर प्रमुख लब श्रेष्ठको अध्यक्षमा भएकाे हाे ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस