सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम

रामेछाप – सरस्वती पुजाकाे अवसरमा श्री कालिदेवि आधारभूत विद्यालय टेकनपुरले विभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे छ । साेही अवसरमा विद्यालयले नयाँ विद्यार्थीलाइ अक्षराम्भ र विद्यालयमा सहयाेग गर्नेलाई सम्मान गरेकाे छ ।
विद्यालय आजै तीन जना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गर्ने कार्य गरेकाे छ । त्यस्तै विभिन्न समयमा विद्यालयमा सहयाेग गरेका संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरेकाे विद्यालयकी प्रध्यानध्यापक जानुका श्रेष्ठले जानकारी दिइन् ।
उक्त कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडामा उपलब्ध स्राेत साधनका आधारमा विद्यालयलाई आवस्यक सहयाेग गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार श्रेष्ठकाे अध्यक्षता तथा मन्थली २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा गएकाे भदौ २९ गते वाल दिवसको अवसरमा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेकाेमा सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिलाई, विद्यालयको प्राङ्गणमा २ थान फलामे पिङ निर्माण गरी दिएकाेमा शुभेच्छा वचत तथा ऋृण शहकारी संस्थालाई , एकल लगानीमा ४ थान डस्टविन उपलब्ध गराउने समाजसेवी श्री तिर्थ सुवेदी र विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएकाेमा मन्थली २ की समाजसेवी सावित्रा श्रेष्ठलाई विद्यालयले सम्मान गरेकाे छ ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस