सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
रामेछाप – सरस्वती पुजाकाे अवसरमा श्री कालिदेवि आधारभूत विद्यालय टेकनपुरले विभिन्न कार्यक्रमकाे आयाेजना गरेकाे छ । साेही अवसरमा विद्यालयले नयाँ विद्यार्थीलाइ अक्षराम्भ र विद्यालयमा सहयाेग गर्नेलाई सम्मान गरेकाे छ ।
विद्यालय आजै तीन जना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गर्ने कार्य गरेकाे छ । त्यस्तै विभिन्न समयमा विद्यालयमा सहयाेग गरेका संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरेकाे विद्यालयकी प्रध्यानध्यापक जानुका श्रेष्ठले जानकारी दिइन् ।
उक्त कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडामा उपलब्ध स्राेत साधनका आधारमा विद्यालयलाई आवस्यक सहयाेग गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार श्रेष्ठकाे अध्यक्षता तथा मन्थली २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा गएकाे भदौ २९ गते वाल दिवसको अवसरमा विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेकाेमा सल्लाघारी सामुदायिक वन उपभोक्ता समितिलाई, विद्यालयको प्राङ्गणमा २ थान फलामे पिङ निर्माण गरी दिएकाेमा शुभेच्छा वचत तथा ऋृण शहकारी संस्थालाई , एकल लगानीमा ४ थान डस्टविन उपलब्ध गराउने समाजसेवी श्री तिर्थ सुवेदी र विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएकाेमा मन्थली २ की समाजसेवी सावित्रा श्रेष्ठलाई विद्यालयले सम्मान गरेकाे छ ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस