• काेसिस न्यूज
  • शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित


    रामेछाप – नेपाल संघ मन्थली नगरपालिका कार्यसमितिद्वारा २०८० काे एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल संस्थागत तथा सामुदायिक विद्यालयका विषय शिक्षकलाई सम्मान गरेकाे छ । संघले विभिन्न विद्यालयका १६ जना शिक्षकलाई सम्मान गरेकाे हाे ।

    शनिबार मन्थली माविकाे हलमा भएकाे संघकाे पाचौं स्थानिय प्रतिनिधि सभाकाे अवसरमा मन्थली नगर पालिका भित्रका एसइइ परीक्षा उत्कृष्ट अंक ल्याउन सफल विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विषय शिक्षकलाई सम्मान गरेकाे हाे ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष टंक प्रसाद दाहालले शिक्षककाे दायित्वहरै धेरै भएकाे र ती दायित्व पूरा गर्न शिक्षकक संघका सदस्यहरु क्रियाशील भएर लाग्नुपर्ने बताए । राम्रो काम गर्नेलाई कसैले पनि नराम्रो गर्न नसक्ने भन्दै सबै शिक्षकहरूलाई आफ्नाे कर्म राम्रोसँग गर्न अनुराेध गरे । शिक्षक संघकाे शुभेच्छुक पार्टीसँग पनि अपेक्षा रहेकाे छ भने नेविसंघका भाईबहिनीहरुलाई पनि माया गरेर अघि बढ्पर्ने बताए ।

    नेपाल शिक्षक संघ बागमती प्रदेशकी उपाध्यक्ष कमला थापाले संघलाई मजबुत बनाउनका लागि संघका सदस्यहरुलाई एकजुट भएर काम गर्न आग्रह गरिन् ।

    नेपाली कांग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले शिक्षक संघकाे सबैखाले समस्या समाधानकाे पार्टी तयार रहेकाे बताए ।

    शिक्षक संघका पुर्व अध्यक्ष लक्ष्मण घिमिरेले शिक्षक संघ र नेपाल विद्यार्थी संघबिच समन्वय हुनुपर्ने बताए ।

    त्यसैगरी संघका जिल्ला सह-सचिव राजकुमार खड्काले शिक्षक संघलाई समस्या परेका बेला शुभेच्छुक पार्टीले साथ दिनु पर्ने बताए ।

    मन्थली १ का अध्यक्ष हाेम प्रसाद पाैडेलले कुनैपनि शिक्षकले शिक्षककाे सदस्य हु भन्न नडाउन र शिक्षककाे सदस्य भए बापत नै कुनै सरुवा बडुवा तथा सेवा सुविधा अवराेध भए जानकारी गराउन आग्रह गर्दै शिक्षक संघकाे सदस्य हु भन्न नडाउन आग्रह गरे ।

    कार्यक्रम नेपाल शिक्षक संघ मन्थली नगरपालिकाका अध्यक्ष भिम बहादुर नेपालीकाे अध्यक्षतामा भएकाे हाे । उक्त कार्यक्रम नेपाल शिक्षक संघ बागमती प्रदेशका बरिस्ठ उपाध्यक्ष टंक प्रसाद दाहालकाे प्रमुख आतित्थ्यता रहेकाे थियाे । कार्यक्रममा नेपाली कांग्रेस मन्थली नगर कार्यसमितिका सचिव सचिव रमेश काफ्ले ,नेपाल पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे , नेपाल प्रेस युनियन रामेछापकि अध्यक्ष ज्ञानु श्रेष्ठ लगाएले शुभकामना व्यक्त गरेका थिए ।


    क्याटेगोरी : शिक्षा, समाचार

    प्रतिक्रिया दिनुहोस