रुद्राक्ष समाजद्वारा शैक्षिक सामग्री वितरण
रामेछाप – खाँडादेवि ४ काे रक्तमाला आधारभुत विद्यालयमा रुद्राक्ष समाज नेपालले शैक्षिक सामग्री वितरण गरेकाे छ ।
समाजले आइतबार रक्तमालामा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि न्यानाे कपडाका साथै शैक्षिक सामग्री वितरण गरेकाे हाे । समाजका अध्यक्ष पुरुषाेत्तम ठकुरीकाे उपस्थितिमा उक्त सामान वितरण गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कडेलले जानकारी दिए ।
त्यसैगरी नेपाली कांग्रेस रामेछापका नेता सुजन ढुङ्गेलले खेलकुदका सामग्री उपलब्ध गराएका छन् । त्यस्तै दुबै गाेडा नभएकी एक छात्रालाई समाजका आजिवन सदस्य निर्मल रिजाले नगद ५ हजार सहयाेग उपलब्ध गराएका थिए ।
विद्यालयमा भएकाे शैक्षिक सामग्री वितरण कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तथा रुद्राक्ष समाजका अध्यक्ष पुरुषाेत्तम ठकुरीले शैक्षिक गुणस्तरका लागि विद्यालयमा आवस्यक सहयाेग गर्ने बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस