स्वास्थ्य सेवा ऐन ल्याउने तयारी
काठमाडौ – स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीयताअनुरूपको स्वास्थ्य सेवा ऐन बढाउन सैद्धान्तिक स्वीकृति दिएसँगै ऐन ल्याउने तयारी थालिएको हो ।
तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारी हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ अनुरूप काम गरिरहेका छन् । सो ऐनले संघीयताअनुरूप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बताएका छन् ।
स्वास्थ्य कर्मचारीको वृत्तिविकासमा आइरहेको समस्या समाधानका लागि उपयुक्त ऐन नहुँदा समस्या भइरहेको बताउँदै मन्त्री पौडेलले सबै पक्षको सुझाव समेटेर ऐन निर्माण अघि बढाउन लागिएकाे बताएका छन् । संघीयता लागू भए पनि हाल संघीयताअनुरूपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवा आदिमा समस्या भएकाे हुदा मन्त्रालयले तीनै तहका कर्मचारीबिच अन्तर्सम्बन्ध कायम गर्ने गरि आवश्यक व्यवस्था गर्न नयाँ ऐनको प्रस्ताव मन्त्री पाैडेलले बताए ।
नयाँ ऐनले स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासका सम्बन्धमा रहेको अन्योल चिर्ने विश्वास लिइएको छ । ऐनको मस्यौदा तयार पारेर संसद्मा लैजानुअघि मन्त्रिपरिषद्मा पुनः स्वीकृतिका लागि लगिने र नयाँ ऐन संसद्मा टेबुल हुनेछ । ऐन कार्यान्वयनमा आएमा संघीय स्वास्थ्य सेवामा रहेका २८ हजार कर्मचारीसँगै विभिन्न तहमा समायोजनमा रहेका गरी कुल ५८ हजारभन्दा बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस