तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई अभियान नेपालद्वारा सम्मान

काठमाडौँ – परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए ।
यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्याल, ५ का शम्भु फुयाल, ७ का सानुकाजी खत्री, काठमाडौँ महानगर वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, यातायात महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, सामाजिक अगुवा सविन तामाङ, इन्द्रमान महर्जनसहित शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा गायक यसकुमार, प्रकाश कटवाललगायतको प्रस्तुति समेत रहेको थियो । परिवर्तन अभियान नेपालले अघिल्लो वर्ष पनि एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको थियो । अभियानले शिक्षा, स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आएको छ भने बेलाबेलामा वैचारिक बहस समेत चलाउँदै आएको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस