तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई अभियान नेपालद्वारा सम्मान
काठमाडौँ – परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए ।
यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्याल, ५ का शम्भु फुयाल, ७ का सानुकाजी खत्री, काठमाडौँ महानगर वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, यातायात महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, सामाजिक अगुवा सविन तामाङ, इन्द्रमान महर्जनसहित शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा गायक यसकुमार, प्रकाश कटवाललगायतको प्रस्तुति समेत रहेको थियो । परिवर्तन अभियान नेपालले अघिल्लो वर्ष पनि एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको थियो । अभियानले शिक्षा, स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आएको छ भने बेलाबेलामा वैचारिक बहस समेत चलाउँदै आएको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस