गाेकुलगंगामा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम सुरु

रामेछाप – गाेकुलगंगा गाउँपालिकाकाे विद्यालयमा विद्यार्थीसँग जनप्रतिनिधि तथा सुरक्षाकर्मी कार्यक्रम मंगलबारबाट सुरु भएकाे छ । कार्यक्रम पालिकाकाे विभिन्न मावि स्तरकाे विद्यालयहरुमा संचालन हुने पालिकाले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीले भाेगेका समास्या, अभाव र आवस्यकता लगाएतका विविध विषयमा जनप्रतिनिधि ,प्रध्यानध्यापक तथा प्रहरी समक्ष जिज्ञाषा ,गुनासा तथा प्रश्न राख्ने र सम्बन्धित निकाएबाट समाधानकाे उपाए खाेज्ने साथै प्रतिबद्धता जाएर गराउने उद्देश्यले उक्त कार्यक्रम संचालनमा भएकाे कार्यक्रम सहजकर्ता सागर बाेहाेराले जानकारी दिए ।

साे कार्यक्रम अन्तर्गत मंगलबार गाेकुलगंगा ६ फर्पुकाे श्री मावि फर्पु र गाेकुलगंगा ४ बेतालीकाे जनजागृत माविमा कार्यक्रम संचालन भएकाे छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले विद्यालयका विविध पक्षहरुमा भएका समस्या तथा आवस्यकताहरुका बारेमा प्रश्न तथा गुनासा राखेका थिए ।
उक्त कार्यक्रम गाउँपालिकाकाे सहयाेगमा विनायक मल्टी स्किल विजनेस प्रालिले आयाेजना गरेकाे हाे ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस