विद्यायलाई साउण्ड सिस्टम सहयाेग

रामेछाप – मन्थली नगरपालिका २ टेकपुरकाे श्री कालीदेवी आधारभूत विद्यालयलाइ एन एण्ड के निर्माण सेवाले साउण्ड सिस्टम सहयाेग गरेकाे छ । निर्माण सेवाका संचालक खुशहरी बुढाथोकीले विद्यालयलाई उक्त सामान सहयाेग गरेकाे हाे ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्दा सांस्कृतिक कार्यक्रम गर्दा ,अभिभावक भेला तथा अन्य गतिविधि गर्दा सहज हाेस भन्ने उद्देश्यले उक्त साउण्ड सिस्टम सहयाेग गरेकाे हाे । विद्यालयमा साेमबार एक कार्यक्रमका बिच उक्त साउण्ड सिस्टम विद्यालयलाई उपलब्ध गराएकाे विद्यालयकी प्रध्यानध्यापक जानुका श्रेष्ठले जानकारी दिएकी छिन् ।
प्रध्यानध्यापक श्रेष्ठले आगामी दिनहरुमा विद्यालयमा हुने विभिन्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन साउण्ड सिस्टमले मद्दत पुग्ने बताउदै सहयाेग गर्ने निर्माण सेवाका संचालक बुढाथोकीलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस