लघुवित्त कर्मचारी मञ्चद्वारा शैक्षिक सामाग्री वितरण ,
रामेछाप – लघुवित्त कर्मचारी मञ्चले जनविजय आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । मन्थली नगरपालिका ५ सुनारपानीमा उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हाे ।
कर्मचारी मञ्चले शुक्रबार विद्यालयमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सो विद्यालयमा अध्यनरत ५४ जना दलित विद्यार्थी सहित ५८ जनालाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मञ्च रामेछापका काेषाध्यक्ष सर्मिला कार्कीले जानकारी दिएकी छिन् ।
मञ्चले उक्त विद्यालयका विपन्न ५ जना विद्यार्थीलाई स्कुल ड्रेस ,चप्पल ,झोला प्रदान गर्नुका साथै विभिन्न शैक्षिक सामग्री प्रदान गरिएकाे मञ्चका काेषाध्यक्ष कार्कीले जानकारी दिएकी छिन् ।
विद्यालयकाे शैक्षिक सुधार तथा विपन्न विद्यार्थीका लागि राहत दिने उद्देश्यले उक्त सामाग्री प्रदान गरेकाे मञ्चका अध्यक्ष बद्री सुवेदीले बताए ।
कार्यक्रमका साेही वडाका अध्यक्ष रबिन कार्की (नवीन) ले मञ्चले गरेकाे सहयाेग र सामाजिक कार्यप्रति खुसि व्यक्त गरेका छन् । यसैगरी विद्यालयका प्रध्यानध्यापक भगवती श्रेष्ठले मञ्चद्वारा वितरण गरिएकाे सहयाेग प्रति आभार व्यक्त गरिन् ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस