लघुवित्त कर्मचारी मञ्चद्वारा शैक्षिक सामाग्री वितरण ,

रामेछाप – लघुवित्त कर्मचारी मञ्चले जनविजय आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । मन्थली नगरपालिका ५ सुनारपानीमा उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हाे ।
कर्मचारी मञ्चले शुक्रबार विद्यालयमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सो विद्यालयमा अध्यनरत ५४ जना दलित विद्यार्थी सहित ५८ जनालाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मञ्च रामेछापका काेषाध्यक्ष सर्मिला कार्कीले जानकारी दिएकी छिन् ।
मञ्चले उक्त विद्यालयका विपन्न ५ जना विद्यार्थीलाई स्कुल ड्रेस ,चप्पल ,झोला प्रदान गर्नुका साथै विभिन्न शैक्षिक सामग्री प्रदान गरिएकाे मञ्चका काेषाध्यक्ष कार्कीले जानकारी दिएकी छिन् ।
विद्यालयकाे शैक्षिक सुधार तथा विपन्न विद्यार्थीका लागि राहत दिने उद्देश्यले उक्त सामाग्री प्रदान गरेकाे मञ्चका अध्यक्ष बद्री सुवेदीले बताए ।
कार्यक्रमका साेही वडाका अध्यक्ष रबिन कार्की (नवीन) ले मञ्चले गरेकाे सहयाेग र सामाजिक कार्यप्रति खुसि व्यक्त गरेका छन् । यसैगरी विद्यालयका प्रध्यानध्यापक भगवती श्रेष्ठले मञ्चद्वारा वितरण गरिएकाे सहयाेग प्रति आभार व्यक्त गरिन् ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस