बिरामी सेवा हृदयबाट गर्नुपर्छ : कांग्रेस नेता डाक्टर काेइराला
रामेछाप – नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक काेइराराले बिरामीहरुकाे सेवा हृदयबाट गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता डा :काेइरालाले डाक्टरहरुले बिरामीलाई आफ्नाे बुबाआमा दाजुभाई दिदीबहिनी भन्ने ठानेर हृदयबाट सेवा गर्नुपर्ने बताएका हुन् ।
जिल्ला अस्पताल रामेछापमा आईतबार सहिद गंगालाल श्रेष्ठको १०५ ओैं जन्मजयन्तिकाे अवसरमा गंगालाल फाउन्डेसनले संचालन गरेकाे मुटुराेग सम्बन्धि स्वास्थ्य शिविरमा कांग्रेस नेता डाक्टर काेइरालाले भने डाक्टरी पेशा सबैभन्दा सर्वाेत्कृष्ट पेशा भएकाे भन्दै आफुलाई पेशाप्रति गर्व लाग्ने बताए । त्यस्तै डाक्टर काेइरालाले भने भगवान पछि यदि काेही हुन्छ भने त्यहाँ डाक्टरहरु हुन्छन् ।”त्यसैले बिरामीकाे सेवा गर्दा हृदयबाट गर्नुपर्छ ।”
साे शिविर रामेछाप नगरपालिका र जिल्ला अस्पताल रामेछापकाे समन्वय तथा गंगालाल अस्पतालकाे प्राविधिक सहयाेगमा गंगालाल फाउन्डेसनले आयाेजना गरेकाे हाे ।
शिविरमा ३ सय ५० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएकाे जिल्ला अस्पताल रामेछापका अध्यक्ष यम प्राख्रिनले जानकारी दिए ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस