बिरामी सेवा हृदयबाट गर्नुपर्छ : कांग्रेस नेता डाक्टर काेइराला

रामेछाप – नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक काेइराराले बिरामीहरुकाे सेवा हृदयबाट गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता डा :काेइरालाले डाक्टरहरुले बिरामीलाई आफ्नाे बुबाआमा दाजुभाई दिदीबहिनी भन्ने ठानेर हृदयबाट सेवा गर्नुपर्ने बताएका हुन् ।
जिल्ला अस्पताल रामेछापमा आईतबार सहिद गंगालाल श्रेष्ठको १०५ ओैं जन्मजयन्तिकाे अवसरमा गंगालाल फाउन्डेसनले संचालन गरेकाे मुटुराेग सम्बन्धि स्वास्थ्य शिविरमा कांग्रेस नेता डाक्टर काेइरालाले भने डाक्टरी पेशा सबैभन्दा सर्वाेत्कृष्ट पेशा भएकाे भन्दै आफुलाई पेशाप्रति गर्व लाग्ने बताए । त्यस्तै डाक्टर काेइरालाले भने भगवान पछि यदि काेही हुन्छ भने त्यहाँ डाक्टरहरु हुन्छन् ।”त्यसैले बिरामीकाे सेवा गर्दा हृदयबाट गर्नुपर्छ ।”
साे शिविर रामेछाप नगरपालिका र जिल्ला अस्पताल रामेछापकाे समन्वय तथा गंगालाल अस्पतालकाे प्राविधिक सहयाेगमा गंगालाल फाउन्डेसनले आयाेजना गरेकाे हाे ।
शिविरमा ३ सय ५० जना भन्दा बढीले स्वास्थ्य परिक्षण गराएकाे जिल्ला अस्पताल रामेछापका अध्यक्ष यम प्राख्रिनले जानकारी दिए ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस