कुशेस्वर माविका विद्यार्थीलाई स्काउट ड्रेस वितरण
रामेछाप – नेपाली कांग्रेस रामेछापका नेता कमान सिंह खड्का (दिपेन्द्र ) काे अगुवाइमा कुशेस्वर माविका विद्यार्थीलाई स्काउट ड्रेस वितरण गरिएकाे छ । बुधबार माविका २५ जना विद्यार्थीलाई नेता खड्काले उक्त ड्रेस वितरण गरेकाे हाे ।
उक्त विद्यालयमा स्काउटका विद्यार्थीका लागि स्काउटकाे कार्यक्रम तथा गतिविधि गर्न ड्रेस अभाव नहाेस र स्काउटका विद्यार्थीहरुलाइ थप उर्जा मिलाेस भन्ने उद्देश्यले उक्त ड्रेस वितरण गरेकाे नेता खड्काले बताए । खड्का आफुपनि विद्यार्थी राजनितीबाटै आएकाे र विद्यार्थीहरुकाे समस्या तथा आवस्यकतालाई राम्रोसँग बझ्न सक्ने भएकाले विद्यार्थीलाई आवस्यक पर्ने सहयाेगहरु गर्दै जाने बताए ।
उक्त ड्रेसका लागिल सुनापति गाउँपालिका अध्यक्षका प्रत्यासी कांग्रेस नेता कमान सिंह खड्का ,समाजसेवी एंव कांग्रेस नेता सुन्दर चालिसे, बिश्णु केसि र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालकी केेन्द्रिय काेषाध्यक्ष सरस्वती रायमाझीले संयुक्तरुपमा आर्थिक सहयोग संकलन गरेर ड्रेस विद्यार्थी उपलब्ध गराएकाे नेता खड्काले जानकारी दिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस