स्वर्गीय मातापिताकाे संझनामा थापा परिवारद्वारा बुद्ध भवानी माविमा अक्षयकोष स्थापना

रामेछाप – महालक्ष्मी महानगरपालिका ५ टिकाथली निवासी थापा परिवारद्वारा स्वर्गीय मातापिताको संझनामा बुद्ध भवानी माकादुममा अक्षयकोष स्थाना गरेका छन् । बुधबार विद्यालयकाे एक कार्यक्रममा थापा परिवारद्वारा १ लाख ५० हजार ५ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन ।
रामेछापको खाँडादेवि गाउँपालिका ६ माकादुमकाे भवानी माविमा थापा परिवारले आफ्नाे स्वर्गीय पिता डम्बर ब खत्री, आमा सरस्वति खत्री र सानीआमा तेज कुमारी खत्रीकाे संझनामा उक्त अक्षयकोष स्थापना गरेकाे छाेरी भवानी थापाले बताइन् । उक्त अक्षयकोषकाे ब्याज रकमबाट विद्यालयका जेहेन्दार, विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेर उनिहरुकाे शिक्षामा सहयाेग पुर्याउने उद्देश्यले काेषकाे स्थापना गरिएकाे थापाले बताइन् ।
अक्षषकाेष स्थापना पछि उक्त विद्यालयका प्रध्यानध्यापक रिप बहादुर खत्रीले विपन्न एंव जेहेन्दार विद्यार्थीहरुकाे शिक्षामा सहयाेग पुग्ने बताउदै थापा परिवार प्रति धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ ,उपाध्यक्ष रमा घिसिङ , प्रशासकीय अधिकृत गाैरव केसि, शिक्षा शाखा प्रमुख मीन बहादुर थापा ,वडा अध्यक्ष नारायण कार्की , अभिभावक एंव स्थानियकाे उपस्थिति रहेकाे विविस सदस्य दिनेश बुढाथोकीले जानकारी दिए ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस