स्वर्गीय मातापिताकाे संझनामा थापा परिवारद्वारा बुद्ध भवानी माविमा अक्षयकोष स्थापना
रामेछाप – महालक्ष्मी महानगरपालिका ५ टिकाथली निवासी थापा परिवारद्वारा स्वर्गीय मातापिताको संझनामा बुद्ध भवानी माकादुममा अक्षयकोष स्थाना गरेका छन् । बुधबार विद्यालयकाे एक कार्यक्रममा थापा परिवारद्वारा १ लाख ५० हजार ५ रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन ।
रामेछापको खाँडादेवि गाउँपालिका ६ माकादुमकाे भवानी माविमा थापा परिवारले आफ्नाे स्वर्गीय पिता डम्बर ब खत्री, आमा सरस्वति खत्री र सानीआमा तेज कुमारी खत्रीकाे संझनामा उक्त अक्षयकोष स्थापना गरेकाे छाेरी भवानी थापाले बताइन् । उक्त अक्षयकोषकाे ब्याज रकमबाट विद्यालयका जेहेन्दार, विपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरेर उनिहरुकाे शिक्षामा सहयाेग पुर्याउने उद्देश्यले काेषकाे स्थापना गरिएकाे थापाले बताइन् ।
अक्षषकाेष स्थापना पछि उक्त विद्यालयका प्रध्यानध्यापक रिप बहादुर खत्रीले विपन्न एंव जेहेन्दार विद्यार्थीहरुकाे शिक्षामा सहयाेग पुग्ने बताउदै थापा परिवार प्रति धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाथोकीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ ,उपाध्यक्ष रमा घिसिङ , प्रशासकीय अधिकृत गाैरव केसि, शिक्षा शाखा प्रमुख मीन बहादुर थापा ,वडा अध्यक्ष नारायण कार्की , अभिभावक एंव स्थानियकाे उपस्थिति रहेकाे विविस सदस्य दिनेश बुढाथोकीले जानकारी दिए ।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस