कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट
काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् ।
उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए। कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे । ‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने । नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ । ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्न्पर्ने उनले बताए । यस्तै पार्टी नेतृत्वका लागि उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समयसीमा तोकिनुपर्ने उनले बताए ।
यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया बदल्दै वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्याकर्षण पनि गराए । ‘ त्यसले गर्दा केन्द्रीय सदस्य र पदाधिकारीहरु वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउँदा उहाँहरु पनि थप बलसाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व बन्ने देखिन्छ’, उनको भनाइ थियो ।
यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषयविज्ञ छानिनुपर्नेलगायतमा पनि उनले जोड दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस