एकल लगानीमा सरस्वती मन्दिर निर्माण गर्ने सावित्रालाई विद्यालयद्वारा सम्मान
रामेछाप – श्रीकालीदेवि आधारभूत विद्यालय टेकनपुरमा एकल लगानीमा सरस्वती मन्दिर निर्माण गर्ने सावित्रा श्रेष्ठलाई विद्यालयले सम्मान गरेकाे छ । सरस्वती पुजाकाे अवसर पारेर विद्यालयले श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा श्रेष्ठलाई मन्थली नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र कार्की सम्मानपत्र प्रदान गरेका थिए भने ,विद्यालयका शिक्षक ,विद्यार्थी , विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुले खादा तथा फुलमालाद्वारा सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बाेल्दै अडा अध्यक्ष कार्कीले श्रीकालिदेवि आधारभुत विद्यालय नगरभित्रकाे उत्कृष्ट विद्यालयमा परेकाे जानकारी दिए । त्यस्तै सहर केन्द्रित बसाइँ र बसाइँसराइका कारण गाउँका विद्यालयमा विद्यार्थी घटेकाेमा चिन्ता समेत व्यक्त गरे । साथै अध्यक्ष कार्कीले विद्यालयलाई आवस्यक पर्ने वडाले गर्ने सहयाेग गर्न तयार रहेकाे बताए ।
कार्यक्रममा विद्यालयका पुर्व प्रअ भिम बहादुर थापा, पुर्व विद्यार्थी समाजका अध्यक्ष ज्ञानु श्रेष्ठ , सल्लेनी सामुदायिक वनका अध्यक्ष काेमल बहादुर श्रेष्ठ लगाएतले शुभकामना राखेका थिए । वबालबालिकाले बालगितमा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रअ जानुका श्रेष्ठले विद्यालयमा सरस्वती मन्दिर निर्माण भएकाेमा खुसि व्यक्त गर्दै मन्दिर निर्माण जस्ताे पवित्र कार्यमा सम्पुर्ण सहयोग उपलब्ध गराएकाे सावित्रा श्रेष्ठले प्रति आभार व्यक्त गरेकि छिन ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस