प्रजिअलाई नेविसंघकाे ज्ञापनपत्र , निशेधाज्ञा फिर्ता गर्न माग

रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार जारी गरेकाे निशेधाज्ञा २४ घण्टा भित्र फिर्ता लिन माग गर्दै नेविसंघले प्रजिअलाई ज्ञापनपत्र बुझाएकाे छ । साेमबार नेविसंघले ज्ञापनपत्र बुझाउदै निशेधाज्ञा फिर्ता लिन माग गरेकाे हाे ।
जिल्लामा शान्ति , सुरक्षामा खलल पुग्नेखाले कुनैपनि गतिविधि नभएकाे उल्लेख गर्दै प्रशासनले नागरिककाे निर्वाधरुपमा स्वतन्त्र भएर हिडडुल गर्न,भेला हुन र कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्न खाेजेकाे आराेप लगाएका छन् । नेपाल विद्यार्थी संघ रामेछापका सभापति बिनाेद बुढाथोकीकाे हस्ताक्षरमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलालाइ ज्ञापनपत्र बुझाएको हाे ।

जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार मन्थली बजारमा रहेकाे राष्ट्रिय बाणिज्य बैंक देखि जिल्ला प्रशासन कार्यालय जानेबाटाे हुँदै कृषि विकास बैंक सम्मकाे क्षेत्र र उक्त क्षेत्रकाे ५० मिटर वरपरकाे क्षेत्रमा माघ १४ गतेदेखि दुई महिनाका लागि धर्ना ,अनशन तथा ५ जना भन्दा बढी व्यक्तिहरु जम्मा भएर विरोध प्रदर्शन गर्न नपाइने गरि निशेधाज्ञा जारी गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस