प्रजिअलाई नेविसंघकाे ज्ञापनपत्र , निशेधाज्ञा फिर्ता गर्न माग
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार जारी गरेकाे निशेधाज्ञा २४ घण्टा भित्र फिर्ता लिन माग गर्दै नेविसंघले प्रजिअलाई ज्ञापनपत्र बुझाएकाे छ । साेमबार नेविसंघले ज्ञापनपत्र बुझाउदै निशेधाज्ञा फिर्ता लिन माग गरेकाे हाे ।
जिल्लामा शान्ति , सुरक्षामा खलल पुग्नेखाले कुनैपनि गतिविधि नभएकाे उल्लेख गर्दै प्रशासनले नागरिककाे निर्वाधरुपमा स्वतन्त्र भएर हिडडुल गर्न,भेला हुन र कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्न खाेजेकाे आराेप लगाएका छन् । नेपाल विद्यार्थी संघ रामेछापका सभापति बिनाेद बुढाथोकीकाे हस्ताक्षरमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निराैलालाइ ज्ञापनपत्र बुझाएको हाे ।

जिल्ला प्रशासन कार्यालय रामेछापले आइतबार मन्थली बजारमा रहेकाे राष्ट्रिय बाणिज्य बैंक देखि जिल्ला प्रशासन कार्यालय जानेबाटाे हुँदै कृषि विकास बैंक सम्मकाे क्षेत्र र उक्त क्षेत्रकाे ५० मिटर वरपरकाे क्षेत्रमा माघ १४ गतेदेखि दुई महिनाका लागि धर्ना ,अनशन तथा ५ जना भन्दा बढी व्यक्तिहरु जम्मा भएर विरोध प्रदर्शन गर्न नपाइने गरि निशेधाज्ञा जारी गरेकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस