मन्थली क्याम्पसकाे सञ्चालक समितिकाे अध्यक्षमा सुवेदी
रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिमा उज्ज्वल सुवेदी निर्वाचित भएका छन् ।आइतबार सम्पन्न भएको क्याम्पसकाे संचालक समितिकाे निर्वाचनबाट सुवेदी निर्वाचित भएका हुन ।
निर्वाचनबाट प्रतिस्पर्धी नवराज घिमिरेलाई ५ मतले पछि पार्दै सुवेदी निर्वाचित भएका हुन् । खसेकाे ११५ मतमा सुवेदी ६० मत प्राप्त गरेका थिए भने घिमिरेले ५५ मत प्राप्त गरेका छन् ।
यस्तै संचालक समितिका सदस्यहरुमा युवराज सुवेदीले ९४ मत सहित निर्वाचित भएका छन् । दीपक प्रासाइ ८२ , रामचन्द्र अधिकारी ६८ र नवीन केसी ६४ मत सहित निर्वाचित भएका छन् भने सावित्री घिमिरे काफ्ले निर्विरोध निर्वाचित भएकी छिन ।
त्यस्तै सदस्य पदका प्रतिस्पर्धीहरु रमेश कुमार उदासले ५२ मत र शान्ता सुवेदी न्यौपानेले ५० मत प्राप्त गरेका छन् ।
यस संचालक समितिमा ६ जना निर्वाचित र ४ जना मनोनीत सदस्य रहने व्यवस्था रहेकाे छ भने अन्य ९ जना पदेन सहित १९ जनाको सञ्चालक समिति गठन हुने प्रावधान विधानमा व्यवस्था रहेकाे छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस