मन्थली क्याम्पसकाे सञ्चालक समितिकाे अध्यक्षमा सुवेदी

रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिमा उज्ज्वल सुवेदी निर्वाचित भएका छन् ।आइतबार सम्पन्न भएको क्याम्पसकाे संचालक समितिकाे निर्वाचनबाट सुवेदी निर्वाचित भएका हुन ।
निर्वाचनबाट प्रतिस्पर्धी नवराज घिमिरेलाई ५ मतले पछि पार्दै सुवेदी निर्वाचित भएका हुन् । खसेकाे ११५ मतमा सुवेदी ६० मत प्राप्त गरेका थिए भने घिमिरेले ५५ मत प्राप्त गरेका छन् ।
यस्तै संचालक समितिका सदस्यहरुमा युवराज सुवेदीले ९४ मत सहित निर्वाचित भएका छन् । दीपक प्रासाइ ८२ , रामचन्द्र अधिकारी ६८ र नवीन केसी ६४ मत सहित निर्वाचित भएका छन् भने सावित्री घिमिरे काफ्ले निर्विरोध निर्वाचित भएकी छिन ।
त्यस्तै सदस्य पदका प्रतिस्पर्धीहरु रमेश कुमार उदासले ५२ मत र शान्ता सुवेदी न्यौपानेले ५० मत प्राप्त गरेका छन् ।
यस संचालक समितिमा ६ जना निर्वाचित र ४ जना मनोनीत सदस्य रहने व्यवस्था रहेकाे छ भने अन्य ९ जना पदेन सहित १९ जनाको सञ्चालक समिति गठन हुने प्रावधान विधानमा व्यवस्था रहेकाे छ ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस