रामेछाप कांग्रेस माग १६ गते जिल्लाभर एकैदिन सबै समुदायमा पुग्ने

रामेछाप – समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेस रामेछापले माग १६ गते जिल्लाका सबै समुदायमा एकसाथ कार्यक्रम गर्ने भएकाे छ । कांग्रेस जिल्ला कार्यसमितिकाे साेमबार बसेकाे ३२ ओैं बैठकले एकैदिन जिल्लाभर एकसाथ कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेकाे यहि माघ १३ देखि २६ गते सम्म देशभर संचालन गर्न लागेकाे समुदायमा काङ्ग्रेस अभियान अन्तर्गत रामेछाप कांग्रेसले भने माग १६ गते जिल्लाकाे वडा स्तरमा गएर सबैवडामा एकै दिन एकसाथ कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम सफल पार्नका लागि साेमबार बसेकाे जिल्ला कार्यसमितिकाे बैठकले सबै वडामा प्रतिनिधिहरु खटाएकाे समितिका प्रचार विभाग प्रमुख हिमाल ढुङ्गेलले जानकारी दिए ।
अभियानका क्रममा समुदायमा पुगेका कांग्रेसले स्थानिय तहकाे गतिविधि प्रतिकाे प्रतिकृया,गुनासाे, सुझाव तथा अपेक्षाहरुका विषयमा विभिन्न चरणमा छलफल गराउने र आएकाे प्रतिक्रियाका आधारमा पार्टीले निति निर्माणमा समावेश गर्ने उद्देश्यका साथ समुदाय कांग्रेस अभियान संचालन गर्न लागेकाे हाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस