सिंहदरबार गाउँमा आएकाे अनुभुती नागरिकले पाउने सेवामा भरपर्छ: प्रधानमन्त्री प्रचण्ड

रामेछाप -सुनापति गाउपालिकाे प्रमुख प्रशासकीय भवन उत्घान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकले पाउने सेवाका आधारका गाउँमा सिंहदरबार आएकाे अनुभुती गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नागरिकलले साच्चिकै गाउँमा सिहंदरबार आएकाे अनुभुती गर्नेगरि लागि सेवामा प्रदान गर्न अनुराेध गरे ।
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माण शिक्षा ,स्वास्थ्य ,राेजगारी लगाएतकाे क्षेत्रमा पहल गरे र राम्रो सेवा दिएमा मात्र राम्रो भवन बसेर राम्रो सेवा प्रवाह भएकाे मान्न सकिने बताए । त्यसैगरी संविधानमा व्यवस्था भएकाे स्थानिय ,प्रदेश र संघ तिनै तहसँगकाे समन्वयमा काम गर्नुपर्ने बताए । उनले सुनापतिकाे मात्र नभएर रामेछाप जिल्लाकाे विकासका लागि विशेष पहल संघिय सरकारकाे तर्फबाट हुने विस्वास दिलाए ।
यसैगरि कार्यक्रममा संघिय सांसद पुर्णहरु तामाङ (कान्छाराम) ले देशमा भएकाे आर्थिक संकटका कारण विकासकाे काममा समस्या भएकाे उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई रामेछापको विकासमा विशेष जाेड दिन आग्रह गरे ।

त्यस्तै प्रदेश सांसद युवराज चाैलागाईले प्रधानमन्त्री प्रचण्डकाे अग्रसरतामा रामेछाप जिल्लाकाे विकासकाे क्षेत्रमा उल्लेखनीय काम भएकाे उल्लेख गर्दै उनले जिल्ला प्रधानमन्त्रीकाे पटक -पटककाे उपस्थितिले थप विकास आशा राखेकाे बताए ।
कार्यक्रममा प्रदेश सांसद आनन्द श्रेष्ठले रामेछाप जिल्ला विकासकाे हिसाबले पछाडि पारिएको जिल्ला भएकाे उल्लेख गर्दै जिल्लाकाे समग्र विकासमा संघिय सरकारलाई विशेष पहल गर्न आग्रह गरे । त्यस्तै संविधान प्रदत्त ऐन नियम लागू हुन नसकेका कारण विकासमा अवराेध भएकाले तत्काल लागू गर्नका लागि पहल गर्न पनि आग्रह गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस