सिंहदरबार गाउँमा आएकाे अनुभुती नागरिकले पाउने सेवामा भरपर्छ: प्रधानमन्त्री प्रचण्ड
रामेछाप -सुनापति गाउपालिकाे प्रमुख प्रशासकीय भवन उत्घान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकले पाउने सेवाका आधारका गाउँमा सिंहदरबार आएकाे अनुभुती गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नागरिकलले साच्चिकै गाउँमा सिहंदरबार आएकाे अनुभुती गर्नेगरि लागि सेवामा प्रदान गर्न अनुराेध गरे ।
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माण शिक्षा ,स्वास्थ्य ,राेजगारी लगाएतकाे क्षेत्रमा पहल गरे र राम्रो सेवा दिएमा मात्र राम्रो भवन बसेर राम्रो सेवा प्रवाह भएकाे मान्न सकिने बताए । त्यसैगरी संविधानमा व्यवस्था भएकाे स्थानिय ,प्रदेश र संघ तिनै तहसँगकाे समन्वयमा काम गर्नुपर्ने बताए । उनले सुनापतिकाे मात्र नभएर रामेछाप जिल्लाकाे विकासका लागि विशेष पहल संघिय सरकारकाे तर्फबाट हुने विस्वास दिलाए ।
यसैगरि कार्यक्रममा संघिय सांसद पुर्णहरु तामाङ (कान्छाराम) ले देशमा भएकाे आर्थिक संकटका कारण विकासकाे काममा समस्या भएकाे उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई रामेछापको विकासमा विशेष जाेड दिन आग्रह गरे ।

त्यस्तै प्रदेश सांसद युवराज चाैलागाईले प्रधानमन्त्री प्रचण्डकाे अग्रसरतामा रामेछाप जिल्लाकाे विकासकाे क्षेत्रमा उल्लेखनीय काम भएकाे उल्लेख गर्दै उनले जिल्ला प्रधानमन्त्रीकाे पटक -पटककाे उपस्थितिले थप विकास आशा राखेकाे बताए ।
कार्यक्रममा प्रदेश सांसद आनन्द श्रेष्ठले रामेछाप जिल्ला विकासकाे हिसाबले पछाडि पारिएको जिल्ला भएकाे उल्लेख गर्दै जिल्लाकाे समग्र विकासमा संघिय सरकारलाई विशेष पहल गर्न आग्रह गरे । त्यस्तै संविधान प्रदत्त ऐन नियम लागू हुन नसकेका कारण विकासमा अवराेध भएकाले तत्काल लागू गर्नका लागि पहल गर्न पनि आग्रह गरे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस