कांग्रेस रामेछापकाे महासमिति सदस्य निर्वाचन स्थगित

रामेछाप – नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुकाे निर्वाचन स्थगित भएकाे छ । पाैष ६ गते हुने भनिएकाे निर्वाचन अर्काे सुचना नआए सम्मका लागि स्थगित भएकाे हाे ।
महासमिति सदस्य निर्वाचन समितिका संयाेजक लक्ष्मण प्रसाद घिमिरेले आइतबार एक सुचना जारी गर्दै ताेकिएकाे मितिमा निर्वाचन गराउन नसकिने जानकारी दिएका छन् । घिमिरेले प्रकाशन गरेकाे सुचना अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिले महासमिति सदस्यकाे बैठक फागुन महिनामा मात्र गर्ने भएकाे र नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर पुर्णबहादुर तामाङ (कान्छाराम )काे स्वास्थ्यमा समस्या देखिएर उपचाररत भएका उक्त निर्वाचन तमेकिएकाे मितिमा गर्न नसकिने जानकारी गराएका छन् । घिमिरेका अनुसार पाैष १ गते भन्दा पछाडिकाे सबै निर्वाचन प्रकृया अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएको छ ।

निर्वाचन समितिले निर्वाचन स्थगितकाे सुचना जारीगरेसँगै नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले भने निर्वाचन स्थगित गरेकाे प्रति आपत्ति जनाएका छन् । सचिव खड्काले समितिमा छलफलनै नगरी आफुलाइ जानकारी नै नगराई निर्वाचन स्थगित गर्ने निर्णय गरकाे भन्दै आपत्ती जनाएकाे बताए ।
महासमिति सदस्यहरुकाे निर्वाचनका लागि मंसिर २३ गते मनाेनयन दर्ता गरिएकाे थियाे । ९ महासमिति सदस्यका लागि २१ जनाकाे मनाेनयन दर्ता भएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस