कांग्रेस रामेछापकाे महासमिति सदस्य निर्वाचन स्थगित
रामेछाप – नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुकाे निर्वाचन स्थगित भएकाे छ । पाैष ६ गते हुने भनिएकाे निर्वाचन अर्काे सुचना नआए सम्मका लागि स्थगित भएकाे हाे ।
महासमिति सदस्य निर्वाचन समितिका संयाेजक लक्ष्मण प्रसाद घिमिरेले आइतबार एक सुचना जारी गर्दै ताेकिएकाे मितिमा निर्वाचन गराउन नसकिने जानकारी दिएका छन् । घिमिरेले प्रकाशन गरेकाे सुचना अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिले महासमिति सदस्यकाे बैठक फागुन महिनामा मात्र गर्ने भएकाे र नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर पुर्णबहादुर तामाङ (कान्छाराम )काे स्वास्थ्यमा समस्या देखिएर उपचाररत भएका उक्त निर्वाचन तमेकिएकाे मितिमा गर्न नसकिने जानकारी गराएका छन् । घिमिरेका अनुसार पाैष १ गते भन्दा पछाडिकाे सबै निर्वाचन प्रकृया अर्काे सुचना नआए सम्मका लागि स्थगित गरिएको छ ।

निर्वाचन समितिले निर्वाचन स्थगितकाे सुचना जारीगरेसँगै नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले भने निर्वाचन स्थगित गरेकाे प्रति आपत्ति जनाएका छन् । सचिव खड्काले समितिमा छलफलनै नगरी आफुलाइ जानकारी नै नगराई निर्वाचन स्थगित गर्ने निर्णय गरकाे भन्दै आपत्ती जनाएकाे बताए ।
महासमिति सदस्यहरुकाे निर्वाचनका लागि मंसिर २३ गते मनाेनयन दर्ता गरिएकाे थियाे । ९ महासमिति सदस्यका लागि २१ जनाकाे मनाेनयन दर्ता भएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस